फुङलिङ, माघ १ गते । ताप्लेजुङको सिंवा बजारमा आमन्त्रित प्रथम माघेमेला गोल्ड कप बिहीबारबाट सञ्चालन हुँदै छ । गोल्ड कपअन्तर्गतको पुरुष फुटबल प्रतियोगिता उद्घाटन खेलमा आज आयोजक सिंवा स्पोर्टिङ क्लब र जनसेवा आदर्श स्पोर्टिङ क्लब ढुङ्गेसाँघुबिच प्रतिस्पर्धा हुँदै छ । कक्फेक्वा तङ्नाम (माघे सङ्क्रान्ति) को अवसरमा सञ्चालन हुने ऐतिहासिक माघेनी मेलासँगै गोल्ड कपमा जम्मा आठ […]
स्याङ्जा, माघ १ गते । आँधीखोला गाउँपालिकाले आयोजना गरको छैटौँ राष्ट्रपति रनिङ शिल्ड– २०८२ खेलकुद प्रतियोगिताको उपाधि त्रि–शहिद माविले जितेको छ । त्रि–शहिदले नौ स्वर्ण, छ रजत र ८ कास्य पदक जित्दै पहिलो बन्दै ६० हजार नगदसहित रनिङ शिल्ड, कप, मेडल र प्रमायाणपत्र हात पारेको हो । त्रि–शहिदले अहिलेसम्म खेलाइएका छ वटै प्रतियोगिता जित्दै दोस्रो […]
फुङलिङ, पुस २६ गते । ताप्लेजुङमा प्रथम आँप पानी आमन्त्रित गोल्डकप सञ्चालन हुने भएको छ । गोल्डकप कक्फेक्वा तङ्नाम (माघे सक्रान्ती) को अवसरमा जिल्लाको आठराई त्रिवेणी गाउँपालिका–४ नेसुममा आगामी पुस २८ गतेदेखि माघ १ गतेसम्म सञ्चालन हुने भएको हो । फुङलिङमा शनिबार पत्रकार सम्मेलनको आयोजना गरी गोल्डकपको बारे जानकारी गराइएको हो । आँप पानी युवा […]
काठमाडौँ, पुस २३ गते । भारतमा आयोजना हुने चौथो नेपाल इन्टरनेशनल क्युकोशिनकाई कराते (एफआईकेके) प्रतियोगितामा सहभागी हुन जाने नेपाली खेलाडीहरूको बिदाइ गरिएको छ। राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले बिहीबार आगामी पुस २६ र २७ गते भारतको आसाममा हुने उक्त प्रतियोगितामा भाग लिन जाने खेलाडी, प्रशिक्षक तथा निर्णायकलाई बिदाइ गरेको हो। बिदाइ कार्यक्रममा कराते केन्द्रीय संघका […]
रेसुङ्गा(गुल्मी), पुस ११ गते । इस्मा गाउँपालिका–१ को विपि पार्क खेल मैदानमा सञ्चालन भएको छैठौँ फोर्टिन स्टार कप अन्तर विद्यालय स्तरीय फुटवल प्रतियोगीतामा चार विद्यालय सेमिफाइलमा प्रवेश गरेका छन् । जिल्लाका महेन्द्र मावि, रेसुङ्गा मावि, उपल्लो तम्घास मावि र पालुखा मावि सेमिफाइनलमा प्रवेश गरेका हुन् । बिहीबार भएको पहिलो क्वाटरफाइनल खेलमा महेन्द्र माविले सिद्धबाबा माविलाई […]
काठमाडौँ, पुस ४ गते । साफ महिला क्लब च्याम्पियनसिपको पहिलो संस्करणको उपाधि जित्ने लक्ष्यसहित नेपाल पुलिस क्लब एपिएफ शनिबार मैदानमा उत्रँदैछ । नेपाली लिग च्याम्पियन एपिएफ र भारतीय लिग च्याम्पियन इस्ट बंगाल क्लबबीच शनिबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा उपाधिका लागि प्रतिस्पर्धा हुनेछ । दक्षिण एसियाली फुटबल महासंघ (साफ) ले यस क्षेत्रको महिला फुटबल विकास गर्ने उद्देश्यअनुसार […]
फुङलिङ, मङ्सिर २९ गते । ताप्लेजुङको तेल्लोकमा जारी पाँचौ अन्तर्राष्ट्रिय आमन्त्रण सिरिजङ्गा गोल्डकपको उपाधिका लागि सोमबार झापा र धरानबिच प्रतिस्पर्धा हुँदैछ । झापाको न्यु स्टार क्लब बिर्तामोड र धरानको मरिक फुटबल क्लब उपाधि आफ्नो पोल्टामा पार्ने योजन सहित मैदान उत्रदै छन् । सेमिफाइनमा धरानले आयोजक तेल्लोक स्पोर्टिङ क्लबलाई ट्राइबेकरमा ४–२ गोलअन्तरले पराजित गर्दै फाइनलमा प्रवेश […]
काठमाडौँ, मङ्सिर २७ गते । प्रधानमन्त्री सुशीला कार्कीले नेपाल प्रिमियर लिग (एनपिएल) को विजेता लुम्बिनी लायन्सलाई बधाई दिनुभएको छ। सामाजिक सञ्जाल (फेसबुक)आर्फत आज उहाँले विजेता टोलीलाई बधाई दिनुभएको हो। बधाई सन्देशमा प्रधानमन्त्री कार्कीले भन्नुभएको छ,“राष्ट्रिय आत्मविश्वासमा ऊर्जा थप्न सफल यस उत्सवमा सहभागी सबै टिम, आयोजक र समर्थकलाई धन्यवाद।” लुम्बिनी लायन्सले आज भएको फाइनल खेलमा साविक […]
मध्यविन्दु, मङ्सिर २७ गते । नवलपुरको कावासोतीमा प्रथम कावासोती गोल्डकप फुटबल प्रतियोगिता हुने भएको छ । आगामी पुस ५ देखि १६ गतेसम्म पहिलो पटक गोल्ड कप फुटबल प्रतियोगिता सञ्चालन हुन लागेको हो । सनलाइट सामुदायिक विकास केन्द्र, कावासोती–१६ को आयोजना, कावासोती नगरपालिकाको प्रवर्धन र कावासोती नगरपालिका वडा नम्बर १६ र नवलपुर जिल्ला फुटबल संघको समन्वयमा […]
काठमाडौँ, मङ्सिर २७ गते । प्रधानमन्त्री सुशीला कार्कीले नेपाल प्रिमियर लिग (एनपिएल) को शनिबार फाइनल प्रतिस्पर्धा गर्ने दुवै टिमलाई शुभकामना व्यक्त गर्नुभएको छ । उहाँले आज सामाजिक सञ्जाल (फेसबुक)मार्फत सुदूरपश्चिम रोयल्स र लुम्बिनी लायन्स दुवैलाई शुभकामना व्यक्त गर्नुभएको हो । उहाँले भन्नुभएको छ, “यस उत्सवले सिङ्गो देशलाई जिताएको छ, जगाएको छ । सारा नेपालीलाई जोड्दै, […]