ठेकेदारको काम उपभोक्ता समितिबाट !

काठमाडौँ, मङ्सिर ९ गते । आर्थिक वर्ष २०७९/८० मा ७५३ स्थानीय तहमध्ये २०३ वटा स्थानीय तहले सार्वजनिक खरिद नियमावलीविपरीत विकास निर्माणका जटिल संरचना निर्माण गरेका छन् । महालेखाको वार्षिक प्रतिवेदन अनुसार आर्थिक वर्ष २०७८/७९ मा २६९ वटा स्थानीय तहले मेसिनरी सामानको प्रयोग गरी उपभोक्ता समितिमार्फत विकास निर्माणका काम गराएका छन् । त्यस्तै आर्थिक वर्ष २०७७/७८ मा ३२३ […]

‘घुस आरोपले भारतीय धनाड्य अदानी समूहलाई धक्का’

नयाँदिल्ली, मङ्सिर ८ गते । विश्वकै धनी व्यक्तिमध्येका एक भारतीय धनाड्य गौतम अदानीले आफ्नो विश्वव्यापी ऊर्जा र पूर्वाधार साम्राज्य विस्तार गर्ने तीव्र प्रयासलाई अमेरिकी घूसखोरीको आरोपले धक्का दिएको छ । कैयौँ बहुराष्ट्रिय कम्पनीका मालिक तथा अदानी समूहका अध्यक्षसमेत रहनुभएका अदानीले र उहाँको समूहलाई आरोपले क्षणिकरुपमा क्षति पुर्याएको र आर्थिक पुनरागमन गर्न लामो समय नलाग्ने विश्लेषकहरुले […]

साइबर सुरक्षाप्रति सचेतना आवश्यक

विश्व समाज अहिले प्रविधिको युगमा छ । मानिसको जीवनलाई सरल र सहज बनाउन प्रविधिले ठुलो भूमिका खेलिरहेको छ । द्रुत गतिमा बढेको प्रविधि द्रुत गतिमा नै दुरुपयोगमा फसेको छ । प्रविधिको विकाससँगै, साइबर आक्रमणको आवृत्ति र परिष्कार डरलाग्दो दरमा बढ्दै गएको छ । विश्वका ठुला ठुला देशलाई पनि साइबर आक्रमणले गिज्याइरहेको छ । त्यस कारण […]

रसुवागढीले विद्युत उत्पादन थाल्यो, वार्षिक तीन अर्ब २५ करोड कमाउने

काठमाडौँ, मङ्सिर ७ गते । लामो प्रतिक्षापछि रसुवागढी जलविद्युत् आयोजनाले बिजुली उत्पादन सुरु गरेको छ । नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी चिलिमे जलविद्युत्को अगुवाइमा रसुवामा निर्माण भएको एक सय ११ मेगावाट क्षमताको रसुवागढी जलविद्युत् आयोजनाबाट उत्पादित विद्युत् राष्ट्रिय प्रसारण लाइनमा जोडिएको हो । रसुवाको गोसाइकुण्ड गाउँपालिकामा निर्माण भएको आयोजनाका ३७–३७ मेगावाटका तीनवटा युनिटमध्ये एउटा युनिटबाट […]

स्थानीय तहको सेवा प्रवाह

अधिकांश स्थानीय तहमा कर्मचारीको नेतृत्वमा भएका नियमित कामबाहेक जनताले अनुभूत गर्ने खास काम भएको देखिँदैन । स्थानीय तहमा अहिले धमाधम विकास निर्माण र सेवा प्रवाहको काम भइरहनुपर्ने हो तर कर्मचारी अभावमा ती काम निरन्तर अघि बढ्न सकेका छैनन् । मुलुक सङ्घीयतामा गएपछिको सुरुवाती अवस्थामा जनप्रतिनिधिबिचको असमझदारीले कामको स्पष्ट बाँडफाँट हुन सकेको थिएन । त्यति बेला केन्द्र […]

नेपालमा २२ देशका मुद्रा खरिद विक्री

काठमाडौँ, मङ्सिर ७ गते ।  नेपालमा २२ देशका मुद्रा खरिद विक्री हुन थालेको छ । यस अघि २१ देशका मुद्राको कारोवार गर्दै आएको नेपाल राष्ट्र बैंकले ओमानको मुद्रा कारोवार सुरु गरेसँगै २२ देशको मुद्राको कारोवार सुरु भएको विदेशी विनिमय व्यवस्थापन विभागका कामु कार्यकारी निर्देशक राजेन्द्र भट्टराई जानकारी दिनुभयो । केन्द्रीय बैंकले एकीकृत परिपत्र, २०८० मा […]

दाङमा धान उत्पादन बढ्यो

दाङ, मङ्सिर ७ गते : गत वर्षको तुलनामा यो वर्ष यहाँ धान उत्पादनमा १० प्रतिशतले वृद्धि भएको छ । यस वर्ष एक लाख ७८ हजार सात सय मेट्रिक टन धान उत्पादन भएको कृषि ज्ञान केन्द्रले जनाएको छ । केन्द्रका  सूचना अधिकारी पृथ्वीराज लामिछानेका अनुसार यो वर्ष ३६ हजार एकसय आठ हेक्टर क्षेत्रफलमा खेती गरिएको थियो । […]

हवाई भाडामा कडाइ

नेपालको मुख्य विमानस्थल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बाह्य उडानको भाडा चर्को वृद्धि भएसँगै यसको बहुआयामिक दुष्प्रभाव परेको छ । मर्मत तथा विस्तारका निम्ति गत कात्तिक २३ गतेदेखि रातिको निश्चित समय विमानस्थल बन्द गर्नुपर्ने बाध्यतालाई विमान सेवा कम्पनीहरूले भाडा बढाउने बहाना बनाएका छन् । भाडामा अत्यधिक वृद्धि गरिएपछि नेपालबाट काम गर्न जाने श्रमिकहरू चर्को मारमा परेका छन् […]

सहकारीका समस्या सम्बोधन गर्न कानुन संशोधनको तयारी

काठमाडौँ, मङ्सिर ७ गते :  बचत तथा ऋण सहकारीको रकम अपचलनमा संलग्नमाथि कानुनी कारबाहीलाई तीव्रता दिइरहेका बेला सरकारले संस्थागत सुशासन र नियमनका लागि आधा दर्जन कानुन परिमार्जनको प्रक्रिया पनि अगाडि बढाएको छ । सहकारी संस्था बचत रकम दुरुपयोगसम्बन्धी विशेष छानबिन समितिको प्रतिवेदनको सुझाव तथा तत्कालीन समस्या सम्बोधनका लागि कानुन संशोधनको तयारी गरिएको हो । संसद्को […]

एउटै गाउँबाट बिक्यो छ करोडको अकबरे

तानसेन, कात्तिक २५ गते । रिब्दीकोटका किसानले छ करोड बढीको अकबरे खुर्सानी बिक्री गरेका छन् । पालिकाभित्रका विभिन्न वडाका किसानले यस वर्ष छ करोडभन्दा बढी मूल्यका अकबरे खुर्सानी बिक्री गरेका हुन् । अकबरे खुर्सानीबाट यहाँका प्रतिकिसान एक लाख रुपियाँदेखि १० लाख रुपियाँसम्म आम्दानी गर्न सफल भएका छन् । चार वर्षअघि रिब्दीकोटको पालुङ्मैनादी, भैरवस्थान, खस्यौली, देउरालीलगायतका स्थानमा व्यावसायिक अकबरे […]

हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977 9841580906
    बिज्ञापन शाखाः +977 9841580906
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल