मुक्तिनाथ (मुस्ताङ), असोज १५ गते । मुस्ताङको घरपझोङ गाउँपालिका–२, मार्फास्थित शीतोष्ण बागवानी विकास केन्द्रको स्याउ बारीमा म्याग्दी बहुमुखी क्याम्पसका सहायक क्याम्पस प्रमुख पशुपति ढकाल करिब एक घण्टा स्याउ बारीमा रमाउनुभयो । विदाको मौका छोपी मुस्ताङ पुग्नुभएका ढकालसँगै गएका पाँचजनाले केन्द्रलाई २ सय रुपियाँ राजस्व बुझाएर स्याउ बारीमा भिडियो, फोटो खिच्ने र आफुँले अघाउन्जेल स्याउ खाएर […]
वासिङ्टन, असोज १५ गते । अमेरिकामा मध्यरात बजेसँगै कङ्ग्रेसले कोषसम्बन्धी अस्थायी उपाय पारित गर्न असफल भएपछि सङ्घीय सरकार आधिकारिक रूपमा बन्द भएको छ । ‘अब के हुन्छ भन्ने स्पष्ट छैन’ भनेर सिएनएनले उल्लेख गरेको छ । सन् २०१९ पछि यो पहिलो सरकारी बन्द हो । दुवै पार्टीका नेताहरू दोषारोपमा अडिग छन् । रिपब्लिकनहरूले हालको कोषलाई […]
काठमाडौँ, असोज ११ गते । सामुदायिक विद्यालयका कतिपय शिक्षकहरूले समयमा तलब नपाएका बारे शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले चासो दिएपछि कुन स्थानीय तहका कुन विद्यालयका शिक्षकले तलब पाउन बाँकी छ भन्ने खोजी सुरु भएको छ । शिक्षामन्त्री पुनले केन्द्र सरकारबाट रकम निकासा भइसकेको अवस्थामा सामुदायिक विद्यालयका कतिपय शिक्षकहरूले दसैँ आए पनि तलब नपाएको गुनासो […]
काठमाडौं, असोज १० गते । नेपाल बैंक लिमिटेडमा कार्यरत कर्मचारीहरु र बैंकमा खाता रहेका कर्मचारी र ग्राहकलाई हुण्डाई गाडीको अधिकृत विक्रेता लक्ष्मी इन्टरनेसनल प्रालिका शाखाबाट गाडी खरिद गर्दा लाग्ने शुल्कमा विशेष छुट प्रदान गर्नेसम्बन्धी सम्झौता भएको छ । सो सम्झौता बमोजिम नेपाल बैंक लिमिटेडमा कार्यरत कर्मचारीहरू र बैंकमा खाता रहेका ग्राहकहरूले सो कम्पनीबाट हुण्डाइ ब्राण्डका […]
चन्द्रपुर (रौतहट), असोज १० गते । कोष तथा लेखा नियन्त्रक कार्यालय रौतहटका प्रमुख कोष नियन्त्रक देवीप्रसाद गौतमले सुशासन कायम तथा पारदर्शितालाइ प्राथमिकतामा राखी कार्य सम्पादन अगाडि बढाइएको बताउनुभएको छ । उहाँले अहिलेको सरकारको नीति अनुसार भ्रष्टाचार र बेथिति रोक्न विभिन्न प्रयासको थालनी गरिएको जानकारी दिनुभयो । जेनजी आन्दोलनको घटनापछि सुशासन, पारदर्शिता कायममा सरकाले मुख्य जोड […]
काठमाडौँ, असोज १० गते । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार प्रस्तुत सागसब्जी र फलफूलको अधिकतम थोक मूल्य निम्नानुसार छ । गोलभेँडा ठूलो नेपाली प्रतिकेजी रु ६५, गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो रु ७०, गोलभेँडा सानो (लोकल) प्रतिकिलो रु ५२, गोलभेँडा सानो (टनेल) […]
काठमाडौँ, असोज ७ गते । विकास साझेदारहरूले बदलिएको परिवेशमा नेपालको आर्थिक सुधार र विकासमा सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् । अर्थमन्त्री रामेश्वर खनालसँग सोमबार फरक फरक समयमा भएको भेटका क्रममा नेपालस्थित विकास साझेदारका प्रतिनिधिले त्यस्तो प्रतिबद्धता जनाएका हुन् । अर्थमन्त्री र नेपालका लागि संयुक्त राज्य अमेरिकाका राजदूत डिन आर थम्प्सनबिचको भेटका क्रममा नेपालको हालको परिवर्तित […]
विराटनगर, असोज ७ गते । बङ्गलादेशबाट कच्चा जुट आयात गरी प्रशोधनपछि तयारी वस्तु भारतमा निर्यात गर्दै आएका नेपाली उद्योग सङ्कटमा परेका छन् । बङ्गलादेशले कच्चा जुटको निर्यातलाई अघोषित रूपमा प्रतिबन्ध लगाएपछि त्यसको मारमा नेपालका उद्योग परेका हुन् । यद्यपि अहिलेसम्म निर्यात रोकेको भनेर बङ्गलादेशले भनिसकेको छैन तर, नेपालमा कच्चा जुट निर्यात गर्न कडाइ गरेपछि नेपालमा […]
पशुपतिनगर, असोज ७ गते । भदौ २३ र २४ गतेको जेनजी आन्दोलनपछि सुनसान भएका इलामका पर्यटकीय स्थलमा पर्यटकको चहलपहल सुरु भएको छ । स्वदेशी तथा विदेशी पर्यटकले खचाखच हुने कन्याम अन्तुसहितका पर्यटकीय स्थल जेनजी आन्दोलनपछि सुनसान बनेका थिए । सुनसान बनेका पर्यटकीय क्षेत्रमा देशको अवस्था सामान्य बन्दै गएपछि फेरि चहल पहल सुरु भएको हो । […]
काठमाडौँ, असोज ७ गते । यसपालिको दसैँमा काठमाडौँ उपत्यका ३५ हजारदेखि चालिस हजार खसीबोका खपत कम हुने अनुमान गरिएको छ । देशमा भएको विषम परिस्थिति र धेरै जना दसैँ मनाउन गाउँमा गएकाले बजारमा माग कम हुँदा खपत घट्ने अनुमान गरिएको हो । यसपालिको दसैँमा ३५ हजारदेखि ४० हजार खसीबोका खपत हुने अनुमान गरिएको यसपालिको दसैँमा […]