alliance khabar

शनिबार, माघ १७, २०८२

गुल्मी, माघ १७ गते।

 जिल्ला प्रशासन कार्यालय गुल्मीले एक हप्तामा सात लाखभन्दा बढी राजस्व सङ्कलन गरेको छ। पछिल्लो एक हप्तामा प्रशासन कार्यालयले सात लाख ८१ हजार ५०० रुपियाँ राजस्व सङ्कलन गरेको सहायक प्रमुख जिल्ला अधिकारी हरिप्रसाद गैरेले जानकारी दिनुभयो।

उहाँका अनुसार राहदानीबाट सात लाख ६७ हजार पाँच सय रुपियाँ र राष्ट्रिय परिचयपत्रबाट १४ हजार रुपियाँ राजस्व सङ्कलन गरिएको छ। यो साता संस्था दर्ता, नवीकरण र हातहतियारसम्बन्धी कुनै पनि राजस्व सङ्कलन नभएको सहायक प्रमुख जिल्ला अधिकारी गैरेले जानकारी दिनुभयो। प्रशासनबाट पछिल्लो एक हप्ता गत आइतबारदेखि शुक्रबारसम्म वैवाहिक अंगिकृत नागरिकता एकसहित १८१ जनाले नयाँ नागरिकता लिनुभएको छ।

१४४ जनाले नागरिकता प्रमाणपत्रको प्रतिलिपि बनाउनुभएको छ। नाबालक परिचयपत्र ६, राहदानीको आवेदन सङ्कलन १४८, राहदानी वितरण २७७ जनालाई गरिएको छ। राष्ट्रिय परिचयपत्रको आवेदन सङ्कलन ३८८, राष्ट्रिय परिचयपत्र वितरण २८६, दलित, जनजाती, पारिवारिक विवरण तथा अन्य प्रमाणित १९ जनाको गरिएको छ।

प्रशासनले विगतदेखि नै एक हप्तामा सम्पादन गरेका कार्यहरुको विवरण आम नागरिकलाई जानकारी गराउने उद्देश्यले सार्वजनिक गर्दै आएको हो। सेवा प्रवाहको सहजतासँगै नागरिकमैत्री बनाउनुका साथै सेवा प्रवाहलाई प्रभावकारी बनाउन प्रशासन कार्यालय निरन्तर लागेको उहाँले बताउनुभयो।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977 9841580906
    बिज्ञापन शाखाः +977 9841580906
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल