alliance khabar

बिहिबार, चैत्र १५, २०८०

रामेछाप १५ चैत ।

यो वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) बिहीबारबाट सुरु हुँदै छ । चैत १५ विहीबार देखि २७ गतेसम्म एसइई परीक्षा सञ्चालन हुने छ ।

परीक्षा बिहान ८ बजेदेखि ११ बजेसम्म सञ्चालन हुने छ । दुई नगरपालिका र छ वटा गाउँपालिका रहेको रामेछाप जिल्लाका दुई हजार ७९४ जना विद्यार्थी यो वर्ष एसइई परीक्षामा सहभागी हुने शिक्षा विकास तथा समन्वय इकाई रामेछापले जनाएको छ । यो वर्ष रामेछापमा २२ वटा परीक्षा केन्द्रबाट दुई हजार ७९४ जना परीक्षार्थी परीक्षामा सहभागी हुने शिक्षा विकास तथा समन्वय इकाई रामेछापका प्रमुखले बताउनुभयो ।

उहाँले भन्नुभयो ‘‘यो वर्ष रामेछापबाट दुई हजार ७९४ जना विद्यार्थी एसइई परीक्षामा सहभागी हुँदै छन् । प्राविधिक धारबाट ११० जना, ग्रेड वृद्धिमा २५ जना र खुला विद्यालयका २२ जना विद्यार्थी एसइई परीक्षामा सहभागी हुँदै छन् ।’’ प्राविधिक धारमा बाली विज्ञान तर्फ २१ जना, सिभिल इन्जिनियरिङ तर्फ २० जना, पशु चिकित्सा विज्ञान तर्फ ४२ जना र कम्प्युटर विषयमा ४३ जनाले परीक्षा दिने उहाँले बताउनुभयो ।

उहाँका अनुसार जिल्लाको आठ वटा पालिकामा मध्ये सबै भन्दा बढी मन्थली नगरपालिकामा छ वटा परीक्षा केन्द्रबाट विद्यार्थीले परीक्षा दिँदै छन् । त्यस्तै रामेछाप नगरपालिका, खाँडादेवी गाउँपालिका, सुनापति गाउँपालिका, गोकुलगंगा गाउँपालिका र उमाकुण्ड गाउँपालिकामा दुई–दुई वटा परीक्षा केन्द्रबाट विद्यार्थीले परीक्षा दिँदै छन् । दोरम्बा शैलुङ र लिखुतामाकोशी गाउँपालिकामा तीन–तीन वटा परीक्षा केन्द्र निर्धारण गरिएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977 9841580906
    बिज्ञापन शाखाः +977 9841580906
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल