alliance khabar

सोमबार, भाद्र २९, २०८३

काठमाडौँ, भदौ २९ गते  ।

राष्ट्रपति रामचन्द्र पौडेलले हरितालिका (तिज) पर्व र राष्ट्रिय बालदिवस–२०८३ को पावन अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपालीमा सुख, शान्ति, समृद्धि र सुस्वास्थ्यका लागि शुभकामना व्यक्त गर्नुभएको छ । राष्ट्रपतिको कार्यालयबाट जारी शुभकामना सन्देशमा राष्ट्रपति पौडेलले हरितालिका (तिज) ले महिलाविरुद्ध हुन सक्ने सबै प्रकारका भेदभाव, हिंसाजन्य कार्य तथा अन्याय अन्त्य गरी सभ्य र समतामूलक समाज निर्माणमा उत्साह प्रदान गर्ने विश्वास व्यक्त गर्नुभएको छ ।

भाद्र शुक्ल द्वितीयादेखि पञ्चमीसम्म मनाइने तिज पर्व नेपाली महिलाहरूको सांस्कृतिक र सामाजिक ऐक्यबद्धताको प्रतीक भएको उल्लेख गर्दै राष्ट्रपति पौडेलले यस्ता मौलिकताको संरक्षण र प्रवर्धन गर्नु सबैको कर्तव्य भएको बताउनुभएको छ । त्यसै गरी राष्ट्रिय बालदिवस–२०८३ को अवसरमा  छुट्टै शुभकामना सन्देश जारी गर्दै राष्ट्रपति पौडेलले बालबालिकामाथि हुने सबै किसिमका अमानवीय व्यवहार, हिंसा र दुव्र्यवहार रोक्नु सबै सरोकारवालाको दायित्व भएको उल्लेख गर्नुभएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977 9841580906
    बिज्ञापन शाखाः +977 9841580906
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल
सल्लाहकार : हरी पोखरेल
संवाददाता : ढकबहादुर श्रेष्ठ