alliance khabar

बुधबार, भाद्र १७, २०८३

काठमाडौं, भदौ १७ गते।

रसुवाको भोटेकोशीमा भदौ १० गते आएको भीषण बाढीबाट प्रभावितका लागि गोकर्णेश्वर नगरपालिका वडा नं. ५ का स्थानीयवासीहरुले आज रु. १ लाख ७८ हजार ५० रुपैयाँ आर्थिक सहयोग गरेका छन् ।

स्थानीय तथा समाजसेवी कोमल लामिछाने र कमला लामिछाने दम्पतीले बाढीपीडितका लागि रु. १ लाख सहयोग गर्नुभयो । उक्त रकम गोकर्णेश्वर नगरपालिका वडा नं. ५ का वडा अध्यक्ष तथा नगर प्रवक्ता नारायणबहादुर सुवेदीलाई हस्तान्तरण गर्नुभएको हो ।

सहयोग हस्तान्तरण गर्दै लामिछानेले विपत्तिका समयमा पीडितलाई सहयोग गर्न पाउँदा आफूलाई गौरवान्वित महसुस भएको बताउनुभयो । उहाँले विपत्तिका बेला सबैले आ–आफ्नो क्षमताअनुसार सहयोग जुटाएर पीडितसम्म पुर्‍याउनुपर्नेमा जोड दिनुभयो ।

गोकर्णेश्वर–५ स्थित प्रगतिमार्ग डोलेगाल टोल सुधार समिति र डोलेगाल महिला समूहको संयुक्त पहलमा टोलवासीबाट संकलित रु. ७८ हजार ५० रुपैयाँ पनि आज बाढीपीडितका लागि हस्तान्तरण गरिएको छ। टोल सुधार समितिका अध्यक्ष केन घले र महिला समूहकी अध्यक्ष धनलक्ष्मी गुरुङले उक्त रकम वडा अध्यक्ष सुवेदीलाई हस्तान्तरण गर्नुभएको हो ।

कार्यक्रममा बाेल्दै अध्यक्ष सुवेदीले स्थानीयवासीले विपत्तिको समयमा देखाएको सहयोग र मानवीय भावनाको प्रशंसा गर्दै धन्यवाद व्यक्त गर्नुभयो । उहाँले , प्राप्त रकम वास्तविक बाढीपीडितसम्म पारदर्शी रूपमा पुर्‍याउने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

सुवेदीले विपत्तिका समयमा थोरै–थोरै सहयोग जुटाउँदा पनि पीडितलाई ठूलो राहत पुग्ने भन्दै सबैलाई मानवीय भावनाका साथ सहयोग गर्न आग्रह गर्नुभयो ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977 9841580906
    बिज्ञापन शाखाः +977 9841580906
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल
सल्लाहकार : हरी पोखरेल
संवाददाता : ढकबहादुर श्रेष्ठ