alliance khabar

बिहिबार, साउन १४, २०८३

काठमाडौँ, साउन १४ गते ।

चिकित्सा शिक्षा आयोगले चालु आर्थिक वर्ष २०८३/८४ का लागि छ अर्ब ५५ करोड २५ लाख ९८ हजार रुपियाँ बराबरको कार्यक्रम तथा बजेट स्वीकृत गरेको छ । प्रधानमन्त्री वालेन्द्र शाहको अध्यक्षतामा बुधबार प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा बसेको आयोगको २७ औँ बैठकले नेपाल सरकारबाट विनियोजित पाँच अर्ब ९९ करोड २१ लाख रुपियाँ र आयोगको आन्तरिक स्रोततर्फ ५६ करोड चार लाख ९८ हजार रुपियाँ बराबरको कार्यक्रम तथा बजेट स्वीकृत गरेको हो ।

बैठकले गत आव २०८२/८३ को असार मसान्तसम्म आयोगको आन्तरिक स्रोतमा बचत रहेको ९९ करोड ८५ लाख ९६ हजार २६७ रुपियाँ र चालु आवमा विभिन्न आन्तरिक स्रोतबाट प्राप्त हुने अनुमानित ३५ करोड रुपियाँ गरी कुल एक अर्ब ३४ करोड ८५ लाख ९६ हजार २६७ रुपियाँमध्ये चालु आवका लागि ५६ करोड चार लाख ९८ हजार रुपियाँ खर्च गर्ने निर्णय गरेको छ । स्वीकृत बजेटमध्ये आन्तरिक स्रोतबाट चालुतर्फ ४७ करोड ४२ लाख ९८ हजार रुपियाँ र पुँजीगततर्फ आठ करोड ६२ लाख रुपियाँ विनियोजन गरिएको आयोगले जनाएको छ ।

बैठकमा नेपाल चिकित्सक सङ्घका अध्यक्ष डा. बद्री रिजालले पछिल्लो समय चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि आक्रमणका घटना बढ्दै गएको भन्दै प्रधानमन्त्रीको ध्यानाकर्षण गराउनुभयो । उहाँले नारायणी अस्पतालमा चिकित्सकमाथि भएको भौतिक आक्रमणका कारण एक चिकित्सकलाई सघन उपचार कक्षमा उपचार गर्नुपर्ने अवस्था सिर्जना हुनु अत्यन्त दुःखद भएको बताउनुभयो । उहाँले घटनाको व्यवस्थापनका क्रममा स्थानीय प्रशासनको भूमिकाप्रति असन्तुष्टि जनाउँदै प्रमुख जिल्ला अधिकारी र जिल्ला प्रहरी प्रमुखबाट चिकित्सकमाथि दुव्र्यवहार भएको आरोपसमेत लगाउनुभयो ।

बैठकमा निजी मेडिकल कलेजको संस्था एसोसिएसन अफ प्राइभेट मेडिकल एन्ड डेन्टल कलेज अफ नेपालका अध्यक्ष प्राडा ज्ञानेन्द्रमानसिंह कार्कीले चिकित्सा शिक्षामा विद्यार्थी भर्ना, सङ्ख्या निर्धारण कानुन र मापदण्डका आधारमा हुनुपर्ने धारणा राख्नुभयो । बैठकमा शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेल, स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहता, आयोगका उपाध्यक्ष प्राडा देवेन्द्रबहादुर खत्री, सदस्यसचिव वसन्तप्रसाद कोइरालालगायतको सहभागिता रहेको थियो ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977 9841580906
    बिज्ञापन शाखाः +977 9841580906
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल
सल्लाहकार : हरी पोखरेल
संवाददाता : ढकबहादुर श्रेष्ठ