मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
परिवारको साथ र सहयोग प्राप्त हुनेछ । अध्ययन तथा शिक्षाको क्षेत्रमा प्रगति हुने योग छ भने परीक्षा दिएका विद्यार्थीले राम्रो नतिजा प्राप्त गर्न सक्छन् । स्वदेशमा गरिएको लगानीबाट लाभ मिल्ने सम्भावना छ । तर, विदेश यात्रा वा वैदेशिक कार्यमा भने सतर्क रहनु उपयुक्त हुनेछ ।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
सामाजिक क्षेत्रमा प्रतिष्ठा र सफलता प्राप्त हुनेछ । सेवा तथा जिम्मेवारीका अवसर मिल्न सक्छन् । परिवारमा प्रेम र सद्भाव बढ्नेछ । विदेश प्रति आकर्षण बढ्ने देखिन्छ । साथी भाइको साथ र सहयोगले काममा सकारात्मक परिणाम ल्याउनेछ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
मन केही चञ्चल रहन सक्छ । साथीभाइसँग बोल्दा संयम अपनाउनु राम्रो हुनेछ । कुनै पनि ठूलो निर्णय वा कामको सुरुवात परिवारसँग सल्लाह गरेर गर्दा सफलता मिल्नेछ । प्रेम सम्बन्धमा मधुरता कायम रहनेछ ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
व्यापारमा अपेक्षित लाभ नहुँदा केही घाटा व्यहोर्नुपर्ने अवस्था आउन सक्छ । परिवारभित्र सामान्य विवाद हुने सम्भावना छ । पुरानो लगानीबाट उत्साहजनक प्रतिफल प्राप्त भएपनि आज नयाँ लगानी नगर्नु नै उचित हुनेछ । पारिवारिक साथ भने प्राप्त हुनेछ ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
सम्मान र प्रतिष्ठा प्राप्त हुने दिन छ । मन अशान्त रहन सक्ने भएकाले खानपानमा विशेष ध्यान दिनुहोस् । धैर्य र संयमका साथ अघि बढ्दा सफलता मिल्नेछ । अध्ययनमा राम्रो प्रगति हुनेछ भने वैदेशिक लगानीमा भने सावधानी अपनाउनु आवश्यक छ ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
दिन समग्रमा अनुकूल रहनेछ । आफ्नो बुद्धिमत्ता र रणनीतिका कारण सफलता प्राप्त हुनेछ । शिक्षामा उल्लेखनीय उपलब्धि हासिल गर्ने योग छ । व्यापार तथा लगानीबाट लाभ मिल्नेछ । निरन्तरको प्रयासले आम्दानीमा वृद्धि हुने सम्भावना छ ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
आज ठूलो लगानी नगर्नु नै उपयुक्त हुनेछ । वैदेशिक क्षेत्रसँग सम्बन्धित लगानीबाट भने लाभ मिल्ने सम्भावना छ । निजी काममै दिन व्यस्त रहनेछ । परिवारको सहयोग प्राप्त हुनेछ । सामाजिक कार्यमा अनावश्यक संलग्नता नबढाउनु राम्रो हुनेछ ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
पुरानो स्वास्थ्य समस्या पुन: बल्झिन सक्ने भएकाले सचेत रहनुहोस् । धार्मिक तथा आध्यात्मिक कार्यप्रति रुचि बढ्नेछ । लगानीको उचित प्रतिफल प्राप्त हुनेछ । राजनीति तथा सामाजिक क्षेत्रमा सेवा गर्ने अवसर मिल्नेछ । प्रेम सम्बन्ध सुदृढ बन्नेछ ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
लामो समयदेखि रोकिएका कामहरू सम्पन्न हुनेछन् । अध्ययनमा सफलता मिल्नेछ । व्यापारमा गरिएको लगानीबाट राम्रो लाभ प्राप्त हुनेछ । परिवारमा आपसी सहकार्य र समझदारी बढ्नेछ । समाजसेवामा सक्रिय हुने अवसर प्राप्त हुनेछ ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
आज चन्द्रमाको गोचर तपाईंको राशिमा रहेकाले विशेष अवसर प्राप्त हुने सम्भावना छ । आकर्षक उपहार प्राप्त हुन सक्छ । इमान्दारिता र मेहनतले आत्मविश्वास बढाउनेछ । अध्ययनमा उल्लेखनीय प्रगति हुनेछ । प्रेम सम्बन्ध तथा पारिवारिक जीवन सुखद रहनेछ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
स्वास्थ्य तथा मनोरञ्जनमा खर्च बढ्न सक्छ । काममा केही अवरोध आउन सक्नेछ भने साथीभाइबाट अपेक्षित सहयोग नपाइने सम्भावना छ । विद्यार्थीहरूले अध्ययनमा विशेष ध्यान दिन आवश्यक देखिन्छ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
आम्दानीका नयाँ स्रोतहरू खुल्नेछन् । परिवार तथा प्रेम सम्बन्ध सुखद रहनेछ । रमाइलो यात्रा र स्वादिष्ट भोजनको अवसर प्राप्त हुनेछ । लगानीबाट राम्रो प्रतिफल प्राप्त हुने योग रहेको छ ।