मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
आज चुनौती र संघर्षका बीच पनि काममा सफलता मिल्ने योग छ । प्रेम सम्बन्धमा सुखद भेटघाट हुन सक्छ भने वैवाहिक जीवनका लागि सकारात्मक योजना बन्ने सम्भावना छ । आफ्नो लक्ष्य पूरा गर्न खर्च बढ्न सक्छ । मनपर्ने लुगा, गहना तथा आधुनिक सामग्री खरिद गर्ने इच्छा जाग्न सक्छ ।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
काम वा व्यवसायमा केही अवरोध आउन सक्छ । तनाव लिनुभन्दा कामको गुणस्तर सुधारमा ध्यान दिनु राम्रो हुनेछ । स्वास्थ्यमा विशेष गरी रक्तचाप सम्बन्धी समस्या भएकाले सावधानी अपनाउनुहोस् । धैर्य र अनुशासनले सफलता दिलाउनेछ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
आज रमाइलो र उत्साहपूर्ण दिन रहनेछ । अविवाहितका लागि नयाँ सम्बन्धको सम्भावना छ । कार्य क्षेत्रमा नयाँ जिम्मेवारी आउन सक्छ भने परिवार र जीवन साथीलाई पनि समय दिनुपर्ने अवस्था रहनेछ । घुमफिर र प्रेम सम्बन्धका लागि दिन अनुकूल छ ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
भोग विलासका सामाग्री प्रति आकर्षण बढ्नेछ । व्यवसायमा आम्दानी बढ्ने सम्भावना रहेपनि कार्य क्षेत्रमा केही चुनौतीको सामना गर्नुपर्ने हुन सक्छ । दैनिक काम सहज रूपमा सम्पन्न हुनेछन् । अनावश्यक विवादबाट टाढा रहनु राम्रो हुनेछ ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
बौद्धिक क्षमता र सिर्जनशीलता बढ्ने दिन छ । अध्ययन, अनुसन्धान, प्रतियोगिता तथा परीक्षामा सफलता मिल्ने योग छ । नयाँ ज्ञान हासिल गर्ने अवसर प्राप्त हुनेछ । सन्तान वा कनिष्ठ सहकर्मीबाट पनि सहयोग मिल्ने सम्भावना छ ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
कार्य क्षेत्र र पारिवारिक जिम्मेवारीबीच सन्तुलन कायम गर्नुपर्ने दिन छ । वैदेशिक यात्रा वा विदेशसँग सम्बन्धित काममा प्रगति हुन सक्छ । गोपनीय विषयमा सतर्क रहनुहोस् । अनावश्यक आलोचना र विवादबाट टाढा रहनु उचित हुनेछ ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
साझेदार र सहकर्मीको सहयोगले काममा सहजता आउनेछ । सामाजिक गतिविधिमा सक्रियता बढ्नेछ । मान्यजन तथा आफन्तसँगको सम्बन्ध थप मजबुत बन्नेछ । आवश्यक पर्दा सहकर्मीको सहयोग लिन नहिच्किचाउनुहोस् ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
नियमित काम सहज रूपमा सम्पन्न हुनेछन् । आम्दानीका नयाँ स्रोत फेला पर्ने सम्भावना छ भने बचत पनि बढ्न सक्छ । प्रेम सम्बन्धमा सामान्य कुरालाई विवादको विषय नबनाउनु राम्रो हुनेछ । मीठो बोली र व्यवहारले सफलता दिलाउनेछ ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
जीवन साथी वा प्रेमीसँगको सम्बन्ध थप सुमधुर बन्नेछ । सामाजिक, राजनीतिक तथा प्रशासनिक क्षेत्रमा सक्रियता बढ्नेछ । कामको व्यस्तताका बीच पनि परिवारमा खुसीको वातावरण रहनेछ । नयाँ योजना र रणनीतिले आर्थिक पक्षमा सुधार ल्याउन सक्छ ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
आज खर्च बढ्न सक्ने भएकाले आर्थिक व्यवस्थापनमा ध्यान दिनु आवश्यक छ । साझेदारीमा आर्थिक निर्णय गर्दा सावधानी अपनाउनुहोस् । मानसिक थकान महसुस भए केही समय आराम गरेर पुन: काममा केन्द्रित हुनु राम्रो हुनेछ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
व्यक्तिगत प्रतिष्ठा बढ्ने सम्भावना छ । परिवारको उन्नतिका लागि नयाँ योजना सुरु हुन सक्छ । विदेश अध्ययन वा दीर्घकालीन योजनामा सफलता पाउन थप मेहनत आवश्यक पर्नेछ । भविष्यका योजना बनाउन आजको दिन उपयुक्त छ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
आज मनोरञ्जनभन्दा काममा बढी व्यस्त रहनुपर्ने देखिन्छ । बौद्धिक तथा आध्यात्मिक गतिविधि प्रति रुचि बढ्नेछ । लेखन, परामर्श, कम्प्युटर, शेयर बजार, कानुनी सेवा तथा सञ्चार क्षेत्रसँग सम्बन्धित व्यक्तिका लागि दिन लाभदायक रहनेछ । आधुनिक प्रविधिसँग सम्बन्धित काममा पनि सकारात्मक परिणाम प्राप्त हुने सम्भावना छ ।