alliance khabar

मंगलबार, साउन १२, २०८३

काठमाडौँ, साउन १२ गते । 

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सुनसरीलगायतका पूर्वी जिल्लामा हालै घटेको संवेदनशील तथा दुःखद् घटना र त्यसले निम्त्याएको तनावपूर्ण परिस्थितिप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

पार्टी सभापति रवि लामिछानेद्वारा जारी विज्ञप्तिमा घटनामा परी ज्यान गुमाउनेप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवारजनमा समवेदना व्यक्त गरिएको छ। साथै, घटनामा घाइते भएका सम्पूर्ण नागरिक तथा सुरक्षाकर्मीको शीघ्र स्वास्थ्य लाभको कामना गरिएको छ।

कुनै पनि समस्या वा असन्तुष्टिको समाधान हिंसा र मुठभेडबाट हुन नसक्ने उल्लेख गर्दै रास्वपाले नेपाली समाजको बहुलवादी संस्कृति, आपसी एकता र सामाजिक सद्भाव खलबलिने गरी कुनै पनि गतिविधि नगर्न सम्पूर्ण आम नागरिक, नागरिक अगुवा र सरोकारवाला पक्षसँग अपिल गरेको छ। पार्टीले कुनै पनि उत्तेजना र अफवाहको पछि नलागी उच्च संयम अपनाउन आग्रह गरेको छ।

विज्ञप्तिमा परिस्थिति सामान्यीकरण गर्न, शान्ति सुरक्षा कायम राख्न र घटनाको निष्पक्ष छानबिन गरी दोषीमाथि कडा कानुनी कारबाही गर्न सरकारको ध्यानाकर्षण गराइएको छ। साथै पीडितलाई न्याय, उचित क्षतिपूर्ति र घाइतेको निःशुल्क उपचारको मागसमेत गरिएको छ।

रास्वपाले यस दुःखद् घटनालाई राजनीतिकरण नगर्न सबै राजनीतिक दललाई आग्रह गर्दै आफ्ना स्थानीय समितिका सदस्यलाई शान्ति र सद्भाव कायम राख्न सहयोगी भूमिका निर्वाह गर्न निर्देशन दिएको छ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977 9841580906
    बिज्ञापन शाखाः +977 9841580906
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल
सल्लाहकार : हरी पोखरेल
संवाददाता : ढकबहादुर श्रेष्ठ