alliance khabar

शनिबार, साउन ०९, २०८३

फुङलिङ, साउन ९ गते ।

 नापी कार्यालय ताप्लेजुङले झण्डै दोब्बर राजश्व सङ्कलन गरेको छ । आर्थिक वर्ष २०८१/०८२ को तुलनामा गत आर्थिक वर्ष २०८२/०८३ मा झण्डै दोब्बर राजश्व सङ्कलन गरेको हो ।

नापी कार्यालय ताप्लेजुङका कार्यालय प्रमुख नापी अधिकृत इन्जिनियर रजिता श्रेष्ठका अनुसार गत आर्थिक वर्ष २०८२/०८३ मा ५५ लाख ८७ हजार छ रुपियाँ राजश्व सङ्कलन भएको छ । अघिल्लो आर्थिक वर्ष २०८१/०८२ मा २८ लाख ४६ हजार ८२५ रुपियाँ राजश्व सङ्कलन भएको कार्यालय तथ्याङ्कमा उल्लेख छ । नापी अधिकृत श्रेष्ठका अनुसार गत आवमा भन्दा भर्खर सम्पन्न भएको आवमा २७ लाख ४० हजार बढी राजश्व सङ्कलन भएको छ ।

यस्तै कार्यालयका अनुसार आर्थिक वर्ष २०८०/०८१ को तुलनामा गत आवमा तेब्बर बढी राजश्व सङ्कलन भएको छ । आव ०८०/०८१ मा १६ लाख ५४ हजार ८३७ रुपियाँ मात्र राजश्व सङ्कलन भएको थियो । पछिल्लो तीन आर्थिक वर्षको तथ्याङ्क अनुसार राजश्व सङ्कलनको अवस्था हरेक वर्ष दुई गुणाले वृद्धि भइरहेको छ ।

कार्यालयमा फिल्ड रेखाङ्कन, नक्सा विक्री लगायतको कार्यका लागि सेवाग्राहीको चाप बढी भएकाले राजश्व समेत हरेक वर्ष वृद्धि भइरहेको नापी अधिकृत श्रेष्ठले बताउनुभयो । उहाँका अनुसार गत आव २०८२/०८३ मा फिल्ड रेखाङ्कनबाट ५० लाख ९० हजार १४५ रुपियाँ, नक्सा बिक्रीबाट चार लाख ८८ हजार ६४१ रुपियाँ राजश्व सङ्कलन भएको थियो । त्यस्तै क्षेत्रीय किताब उतारबाट पाँच हजार ७२० रुपियाँ र कित्ता एकीकरणबाट दुई हजार ५०० रुपियाँ राजश्व उठेको कार्यालयले जनाएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977 9841580906
    बिज्ञापन शाखाः +977 9841580906
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल
सल्लाहकार : हरी पोखरेल
संवाददाता : ढकबहादुर श्रेष्ठ