alliance khabar

मंगलबार, साउन ०५, २०८३

काठमाडौँ, साउन ५ गते ।

जल तथा मौसम विज्ञान विभागले देशका विभिन्न भागमा बाढीको जोखिम रहेको जनाउँदै उच्च सतर्कता अपनाउन सर्वसाधारणलाई आग्रह गरेको छ । विभागका अनुसार विशेष गरी लुम्बिनी र गण्डकी प्रदेशका पाँच जिल्ला गोरखा, दाङ, अर्घाखाँची, कपिलवस्तु र रूपन्देहीमा बाढीको उच्च जोखिम देखिएको हो । यी जिल्लाका नदी तटीय क्षेत्रमा बसोबास गर्ने नागरिकलाई विशेष सावधानी अपनाउन र सुरक्षित स्थानमा रहन सुझाइएको छ । जल तथा मौसम विज्ञान विभागकी नायब जलविज्ञ सहायक पार्वती पनेरूका अनुसार यी पाँच जिल्लाबाहेक कोशी, बागमती, लुम्बिनी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही अन्य जिल्लामा पनि मध्यमस्तरको बाढी आउन सक्ने सम्भावना रहेको छ ।

विभागले ती क्षेत्रमा पनि सतर्कता अपनाउन र नदीको सतहको निरन्तर अनुगमन गर्न अनुरोध गरेको छ । उहाँले मङ्गलबार र बुधबारसम्मको मौसम पूर्वानुमान अनुसार देशका धेरै जसो स्थानमा वर्षाको सम्भावना रहेको र यसले गर्दा साना तथा ठुला नदीमा जलस्तर बढ्न सक्ने बताउनुभयो । विभागले बुधबारदेखि वर्षा कम हुने जानकारी दिएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977 9841580906
    बिज्ञापन शाखाः +977 9841580906
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल