alliance khabar

सोमबार, आषाढ ०८, २०८३

काठमाडौँ, असार ८ गते ।

नेपालमा विभिन्न कार्यक्रम गर्दै १२ औँ अन्तर्राष्ट्रिय योग दिवस मनाइएको छ ।

शिक्षा तथा खेलकुद मन्त्रालयले आइतबार आयोजना गरेको कार्यक्रममा नेपाल सरकारका मुख्य सचिव सुमनराज अर्यालले स्वस्थ, अनुशासित र सन्तुलित जीवनका लागि योगाभ्यासलाई दैनिक जीवनको अभिन्न हिस्सा बनाउनुपर्ने बताउनुभयो । उहाँले आधुनिक जीवनशैली, असन्तुलित आहारविहार र बढ्दो मानसिक तनावका कारण मानव स्वास्थ्यमा विभिन्न समस्या देखिन थालेकाले योग, ध्यान र आयुर्वेदको महìव झन् बढ्दै गएको बताउनुभयो । मुख्य सचिव अर्यालले योगलाई शारीरिक व्यायामका रूपमा मात्र नभई शरीर, मन र चेतनालाई सन्तुलित बनाउने समग्र जीवनशैलीका रूपमा बुझ्नुपर्ने बताउनुभयो । मुख्य सचिव अर्यालले पूर्वीय दर्शनमा आधारित आयुर्वेदिक चिकित्सा प्रणाली विश्वभर आकर्षणको केन्द्र बन्दै गएको बताउनुभयो । कार्यक्रममा योग प्रशिक्षक डा. क्षितिज बराकोटीले योगाभ्यास तथा ध्यानसम्बन्धी प्रशिक्षण दिनुभएको थियो । उहाँले तनाव, चिन्ता, निराशा, क्रोध, ईष्र्या तथा नकारात्मक भावनाको व्यवस्थापनमा योग र ध्यानको भूमिका महìवपूर्ण हुने बताउनुभयो ।

यसैबिच आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभागले पनि योग दिवस मनाएको छ । विभागका महानिर्देशक डा. वासुदेव उपाध्यायले योग र आयुर्वेद मानव स्वास्थ्यका परस्पर पूरक भएको बताउनुभयो । उहाँले जीवनशैलीजन्य रोग, मानसिक तनाव, उच्च रक्तचाप, मधुमेह तथा अन्य दीर्घरोगको रोकथाम र व्यवस्थापनमा योग तथा आयुर्वेदले प्रभावकारी भूमिका खेल्ने उल्लेख गर्नुभयो । महानिर्देशक डा. उपाध्यायले स्वास्थ्यसेवाको पहुँच विस्तारसँगै रोग लाग्न नदिने संस्कृतिको विकास गर्न आवश्यक रहेको बताउँदै योग, ध्यान, आयुर्वेद तथा प्राकृतिक चिकित्सा पद्धतिलाई जनस्तरसम्म पु¥याउन विभागले विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको जानकारी दिनुभयो । स्वास्थ्य उपचारभन्दा पनि स्वास्थ्य संरक्षण महìवपूर्ण विषय हो, डा. उपाध्यायले भन्नुभयो, “योग र ध्यानको नियमित अभ्यासले शारीरिक, मानसिक, सामाजिक तथा भावनात्मक स्वास्थ्य सुदृढ बनाउन सहयोग पुग्छ ।”

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977 9841580906
    बिज्ञापन शाखाः +977 9841580906
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल