alliance khabar

बुधबार, जेठ २७, २०८३

कावासोती, जेठ २७ गते । 

पूर्वी नवलपरासीको बुलिङटार गाउँपालिका–२ का स्थानीयले श्रमदानमार्फत बर्सौंदेखि भत्किएर सञ्चालनमा नआएको पुरानो सडक मर्मत र सम्भार गरी सञ्चालनमा ल्याउने प्रयास गरिरहेका छन् ।

गाउँमा रहेका १२ वटा कच्ची सडक पुरानो र जीर्ण अवस्थामा छन् । यतिबेला स्थानीय श्रमदानबाटै छरछरे, गोडडाँडा, राम्कोट बोझा र भागबारी टाँडी मोटरबाटाको मर्मतसम्भार हुन लागेको बुलिङटार–२ का स्थानीय बेलबहादुर रानामगरले बताउनुभयो । साँघुरो सडक, ठाउँ ठाउँमा भत्किएको र कसैबाट पनि सहयोग नपाएपछि अहिले २३ किलोमिटरको सो कच्ची सडक मर्मत गर्न गाउँले लागिपरेको रानामगरले बताउनुभयो ।

सधैँ अर्कोको मुख ताक्नुभन्दा आफैँ श्रमदान गरेर वडा कार्यालयसम्मको सडक मर्मतको काममा स्थानीय जुटेको बुलिङटार–२ का वडा सदस्य वीरबहादुर रानामगरले बताउनुभयो । कुनै तहबाट सहयोग नपाएपछि १६५ घरका बासिन्दाले आफैँ श्रमदान गरेर १२ वटा कच्चीबाटो मर्मतसम्भार गर्न थालेको वडा नं २ का वडाध्यक्ष कमलराज बकावल मगरले बताउनुभयो ।

तत्कालीन गाउँ विकास समितिले २०७० देखि २०७२ सम्म झन्डै ५० लाख रुपियाँ खर्चेर १२ वटा बाटो निर्माण गरी वडा कार्यालयसँग समन्वय गरेको थियो । यद्यपि छ वर्षदेखि अलपत्र परेका यी बाटोमा कतैबाट पनि सहयोग नआएपछि स्थानीय आफैँ मर्मतमा कस्सिएका हुन् । सो सडकलाई नमुनाका रूपमा विस्तार गरी १२ महिना नै गाडी चलाउने गरी मर्मत भइरहेको दर्लामी मगरले बताउनुभयो ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977 9841580906
    बिज्ञापन शाखाः +977 9841580906
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल