alliance khabar

मंगलबार, पुष ०१, २०८२

पाख्रीबास (धनकुटा), पुस १ गते । 

धनकुटा नगरपालिका–६, स्थित सल्लेरीमा रहेको नेपाल नेत्रज्याति सङ्घ धनकुटाद्वारा सञ्चालित  डा. रामप्रसाद पोखरेल आँखा अस्पताल धनकुटाले वार्षिक १५ हजार आँखाका बिरामी परीक्षण गर्दै आएको छ । सोमबार सङ्घको १५ औँ वार्षिक साधारण सभा तथा अस्पतालको १२ औँ वार्षिकोत्सवका अवसरमा यस्तो जानकारी दिइएको हो ।

आँखा अस्पतालका सचिव देवबहादुर खड्काले अस्पतालमा दैनिक ५० देखि ७० जनासम्मलाई बहिरङ्ग सेवा दिने गरेको बताउनुभयो । त्यस्तै वार्षिक एक हजार जनाको शल्यव्रिmया गर्ने लक्ष्य रहेको उहाँको भनाइ छ । जिल्लामा रहेका सात वटै पालिकासँग समन्वय गरी आँखा परीक्षण शिविर सञ्चालनसमेत गर्दै आएको जनाइएको छ । अस्पतालले ज्येष्ठ नागरिकको आँखा परीक्षणमा ५० प्रतिशत छुट र विद्यार्थीलाई विशेष छुट दिँदै आएको छ ।

यस्तै सोही अवसरमा विराटनगर आँखा अस्पताल रानी, मोरङलाई रामप्रसाद आँखा अस्पताल, धनकुुटको सेवा गुणस्तर वृद्धिका लागि सहयोग पु¥याइएको भन्दै सम्मान गरिएको थियो । अस्पतालबाट नेत्र विशेषज्ञलगायत दक्ष प्राविधिक उपलब्ध गराई सहयोग गरेको भन्दै विराटनगर आँखा अस्पतालका अध्यक्ष एवं नेपाल नेत्रज्योति सङ्घका सदस्य पूर्वमन्त्री संविधान सभा सदस्य पद्मनारायण चौधरीलाई सम्मान गरिएको थियो । उहाँलाई नेपाल नेत्रज्योति सङ्घ केन्द्रीय समिति, प्रदेश सभापति, उपाध्यक्ष श्यामसुन्दर उदास, सङ्घका अध्यक्ष रोशेष श्रेष्ठ र सचिव देवबहादुर खड्कालगायतले सम्मान  गर्नुभएको थियो ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977 9841580906
    बिज्ञापन शाखाः +977 9841580906
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल