alliance khabar

आइतबार, साउन २५, २०८२

जनकपुरधाम, साउन २५ गते ।

जनकपुरधामस्थित थापा चौकदेखि देवी चौक मार्गमा पर्ने रेलवेको अनधिकृत क्रसिङमा कार दुर्घटना भएकाे छ ।

रेलवे सुरक्षा वेसका सशस्त्र प्रहरी नायव उपरीक्षक सुरज क्षेत्रीका अनुसार बिहान करिब साढे ८ बजे भंगाहाबाट जयनगरका लागि छुटेको रेल सो स्थानमा पुग्दा ०२५ च १२९० नम्बरको कार अचानक रेलवे ट्रयाकमा प्रवेश गरेको थियो । रेलले कारलाई धकेलेर करिब २५ मिटर टाढासम्म पुर्‍याएको थियो। घटनामा मानवीय क्षति भएको छैन ।

उहाँले अनधिकृत रेल्वे क्रसिङका कारण यस्ता घटना बढ्ने गरेको जानकारी दिनुभयो। उहाँका अनुसार करिब ५२ किलोमिटर दुरीमा धेरै अनधिकृत क्रसिङहरू रहेका कारण दुर्घटनाको जोखिम उच्च छ। त्यहाँ गेटम्यान समेत नभएकाले पूर्वसावधानी नअपनाउँदा दुर्घटनाको सम्भावना बढ्ने गरेको डिएसपी क्षेत्रीको भनाइ छ।

यस्तै, रेलवेका अनुसार ५२ किलोमिटरमा २३ स्थनमा अनधिकृत क्रसिङ छन् ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977.9849962216
    बिज्ञापन शाखाः +977.9849962216
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल