Alliancekhabar

शुक्रबार, भाद्र २२, २०८०

मेष– परिश्रमअनुसार उपलब्धि पनि राम्रै पाइएला । रोकिएका काम पुनः सुरु हुन सक्छन्, मन त्यसै शान्त हुनेछ । व्यापारिक वा दैनिक काम सन्तोषजनक नै सम्पन्न हुनेछन्, विदेशबाट पैसा पनि प्राप्त होला ।

 

वृष– खर्च गर्दा होस पुर्याउनु होला । स्वास्थ्यका लागि खानपानमा सजग रहनुहोला, साथै परिवारमा पनि समस्या आउनेछ । समय राम्रो भएपनि आज खर्च बढने विबाद बढने तथा शत्रुले सताउने योग छ एकदमै सजक रहनु होला ।

 

मिथुन– आज तपाइको धनलाभको योग छ, पढाइमा प्रगती होला, साथै दिन खुशी साथ बित्ने छ । आफ्नो प्रतिभा अरूलाई देखाउन सकिनेछ । प्रयत्न गरेका काम ढिलै भए पनि सफल हुनेछ, दिन रमाइलै छ ।

 

कर्कट– आयआर्जनमा राम्रो दिन छ । केहि नयाँ काम गर्नको लागि परिवारजनको राम्रो सल्लाह आउने देखिन्छ । आज तपाइको धनलाभको योग छ, नया साथीसंग चिनजान हुने र रमाइलो यात्राको पनि योग रहेको छ ।

 

सिंह– हाँसखेल, भ्रमण र मनोरञ्जनका क्रममा दिन बित्नेछ । रमणीय र सुखद यात्राको योग छ । नयाकाम पाउने योग छ धन मनग्य कमाउने अवसर मिल्नेछ, कृषिको कामबाट विशेष लाभ होला ।

 

कन्या– स्वास्थ्य विग्रन सक्छ । अरूको भर पर्दा काममा धोका हुन सक्छ, टाढाको यात्रा आज नगर्नु होला । व्यर्थको खर्च होला । स्वास्थ्यमा गडबडीकोे सम्भावना छ, खानामा एकदमै सजक रहनु होला ।

 

तुला– आमाबाट आएको धनको उपयोगबाट लाभ उठाउन सकिनेछ । बन्न लागेको काम बिग्रन गइ मनमा चिन्ता बढ्रन सक्छ । ठूलो सहयोगको आशा देखाउनेहरूले धोका दिन सक्छन, सचेत रहनुहोस् साथै मनमा केहि दुविधा पनि रहला ।

 

वृश्चिक– कमाइ सोचेअनुरुप हुनेछ । पठन–पाठनमा पनि प्रगति हुनेछ,, सन्तान पक्षबाट खुशीको समाचार सुन्न पाइएला । खर्च भन्दा कमाई नै बढी हुनेछ । धन आर्जनका नयाँ बाटा खुल्नेछन्, बैदेशिक क्षेत्रको लगानी फाइदै होला ।

 

धनु– आज कुनै नया कामको थालनी गर्नु भए राम्र्रो हुन्छ । काममा जोश र जागर बडने देखिन्छ, दिन एकदमै राम्रो छ । कामहरु सजिलै संग बन्नेछन् । कामको इच्छाशक्ति पनि बढ्नेछ, पढाइमा पनि केहि वृद्धि हुने देखिन्छ ।

 

मकर– अनावस्यक डर, वादविवाद हुन सक्नाले समय खासै राम्रो छैन होस पुर्याउनु होला, कुसैसंग झगडा पनि हुन सक्छ । वादविवादको सामना गर्नु पर्ला । पेशागत रुपमा समस्या देखिन सक्छ, घरपरिवारमा केही मनमुटाव पनि होला ।

 

कुम्भ– मनमा दुबिधा रहन सक्ने दिन छ । सामाजिक काममा नाम रहने छ, ब्यापार तथा जागीरमा दिन ठिकै छ । नया कामको सुरुवात खासै राम्रो छैन । कार्यमा हैरानी बढ्न सक्छ, ब्यापारमा पनि घाटा सहनु पर्ला ।

 

मीन– चल–अचल सम्पत्तिको कारोवार हुन सक्नेछ । वैवाहिक जीवन सुखी हुने खालको दिन छ, यात्राको पनि योग रहेको छ । चल–अचल सम्पत्तिको कारोवार हुनेछ । वैवाहिक जीवन सुखी हुनेछ, पाहुनाको आगमन होला ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977.9849962216
    बिज्ञापन शाखाः +977.9849962216
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल