alliance khabar

शुक्रबार, चैत्र २९, २०८१

हुम्ला, चैत २९ गते ।

 हुम्लाको उत्तरी नाम्खा गाउँपालिकालाई लागुऔषधमुक्त गाउँपालिका घोषणा गरिएको छ । लागुऔषध प्रयोग गर्नेहरू फेला नपरेको र आगामी दिनमा यसको प्रयोग गर्ने वातावरण नबनोस् भन्नका लागि बुधबार लागुऔषधमुक्त गाउँपालिका घोषणा गरिएको हो ।

नाम्खा गाउँपालिकालाई लागुऔषधमुक्त घोषणा गर्नका लागि गत पुस ३ गते जिल्ला प्रशासन कार्यालय र गाउँपालिकाको समन्वयमा छ महिनाभित्र लागुऔषधमुक्त घोषणा गर्ने गरी कार्ययोजना तयार पारिएको र सो कार्य योजना अनुसार लागुऔषधमुक्त घोषणा गरिएको प्रमुख जिल्ला अधिकारी नारायण पाण्डेयले बताउनुभयो । जिल्ला प्रशासन कार्यालयको आयोजना र गाउँपालिकाको समन्वयमा लागुऔषधमुक्त घोषणा गरिएको हो ।

उहाँले कार्ययोजना अनुसार नाम्खा गाउँपालिकामा लागुऔषध प्रयोग गर्ने नभेटिएको र आगामी दिनमा यसको प्रयोग गर्ने वातावरण नबनोस् भन्नका लागि लागुऔषधमुक्त गाउँपालिका घोषणा गर्ने कार्यक्रम भएको बताउनुभयो । अब गाउँपालिकाको क्षेत्रभित्र लागुऔषधका जति पनि प्रकार छन्, तिनीहरूको प्रयोग गर्न नपाइने भएको छ । लागुऔषधी प्रयोगको सम्भावना रहेका उमेर समूहका विद्यार्थीलाई लक्षित गरेर लागुऔषध, यसका प्रकार, प्राकृतिक, अर्धकृत्रिम र कृत्रिम, यसको असरबारेमा प्रजिअ पाण्डेयले जानकारी गराउनुभयो ।

त्यसै गरी हुम्ला जिल्लामा यसको प्रयोगको अवस्था र नाम्खा गाउँपालिकामा लागुऔषध प्रयोगको अवस्था, बेफाइदा, असर र जरिबानाको कानुनी उपचारबारे प्रहरी नायब उपरीक्षक शङ्कर पोखरेलले कार्यपत्र प्रस्तुत गर्नुभयो । कार्यक्रमका सहभागीले जीवनमा कहिल्यै लागुऔषध प्रयोग नगर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । गाउँपालिकालाई लागुऔषधमुक्त घोषणा गर्दै गाउँपालिका अध्यक्ष प्रेमबहादुर लामाले अब ऐनकानुन निर्माण गरेर यसलाई कार्यान्वयन गरिने बताउनुभयो ।

गाउँपालिकाभर बौद्ध धर्मावलम्बी भएको र लामाले पनि यस्ता कार्यमा नलाग्न उपदेश र चेतावनी दिने भएका कारण यसको प्रयोग नहुने विश्वास उहाँले व्यक्त गर्नुभयो । नाम्खा लागुऔषधमुक्त पहिलो गाउँपालिका घोषणा भएको हो भने अब जिल्लाका अन्य गाउँपालिकालाई पनि घोषणा गर्ने तयारी रहेको जनाइएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977.9849962216
    बिज्ञापन शाखाः +977.9849962216
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल