alliance khabar

शुक्रबार, माघ २५, २०८१

त्रिवेणी (नवलपरासी), माघ २५ गते ।

 सरकारले औद्योगिक क्षेत्रको सुधार गरिरहेको उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले बताउनुभएको छ । नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको कावासोतीमा आयोजित आठौँ नवलपुर महोत्सवको उदघाटन कार्यक्रममा बोल्दै मन्त्री भण्डारीले औद्योगिक क्षेत्रमा आएको शिथिलतालाई सुधार गर्न सरकारले काम गरिरहेको बताउनुभएको हो  ।

नेपालको कुल गार्हस्थ उत्पादनमा उद्योग क्षेत्रको योगदानलाई कसरी वृद्धि गर्ने, स्रोत र सम्भावनालाई कसरी उपयोग गर्ने भन्ने विषयमा सरकारका गतिविधि केन्द्रित रहेको उहाँको भनाइ छ । मन्त्री भण्डारीले भन्नुभयो, “रोजगारीका सम्भावना, साना, लघु, घरेलु उद्योगलाई अगाडि बढाउँदै उद्यमशीलता विकास गर्न सकेनौँ भने हाम्रो अर्थतन्त्र उठ्न सक्दैन, त्यसैले हाम्रा उद्योग, उत्पादन र व्यावसायिकतालाई अगाडि बढाउने विषयलाई केन्द्र भागमा राखेर सरकारले आफ्नो गतिविधि बढाएको छ ।”

वित्तीय क्षेत्रमा ब्याजदर एक अङ्कमा झरेका बेलामा लगानी प्रवद्र्धन हुन नसकेको भन्दै सरकारले द्रुतमार्गबाट केही कानुनहरु संशोधन गर्न लागेको उहाँले जानकारी दिनुभयो । उहाँले धौवादी फलाम खानी राष्ट्रिय गौरवको आयोजना भएकाले यसलाई सञ्चालन गर्ने विषय सरकारको प्राथमिकतामा रहेको बताउनुभयो ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977.9849962216
    बिज्ञापन शाखाः +977.9849962216
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल