alliance khabar

बुधबार, माघ २३, २०८१

देउखुरी, माघ २३ गते ।

 लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले कृषि उत्पादन बढाउन सहज बजारीकरण र मूल्य सुनिश्चितता जरुरी रहेको बताउनुभएको छ । यि दुवै काम गर्न स्थानीय स्तरमा खरिद तथा बिक्री कक्ष स्थापना गरेर सञ्चालन गर्न अनिवार्य भएको बताउनुभएको हो ।

खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड प्रधान कार्यालय काठमाडौंले स्थानीय स्तरमा बिक्री तथा खरिद कक्ष सञ्चालन सम्बन्धी आयोजना गरेको प्रदेश स्तरीय अन्तरक्रिया कार्यक्रममा मुख्यमन्त्री आचार्यले किसानले उत्पादन गरेका कृषि र पशुवस्तुको सहज बजारीकरण, उचित मूल्यका लागि स्थानीय स्तरमा खरिद तथा बिक्री कक्ष स्थापना गरेर सञ्चालनमा ल्याउनुपर्ने बताउनुभयो ।

‘‘बजार र मूल्य सुनिश्चित नहुँदा किसानले उत्पादन बढाउन हिचकिचाउने अवस्था छ । ढुक्क भएर उत्पादन गर्ने वातावरणको सृजना गर्न जरुरी छ ।,’’ मुख्यमन्त्री आचार्यले भन्नुभयो, ‘‘उत्पादन गरेको खाद्यन्न, तरकारी, फलफूल, पशु बस्तुको बिक्री हुन्छ । मूल्य पनि राम्रो पाइन्छ भन्ने ढुक्कको वातावरण बनाउन सकियो भने किसानले उत्पादन बढाउनुहुन्छ, हामिले त्यो कुरा बुझेका छौं ।’’

खाद्य तथा व्यापार कम्पनीले अत्यावश्यक खाद्य वस्तुको मूल्य स्थिरकरण गर्न, दुर्गम क्षेत्रमा खाद्यन्न आपूर्ति गर्न, प्राकृतिक प्रकोप तथा आपतकालीन अवस्थामा खाद्यान्न व्यवस्थापन गर्न, सघन सहरी क्षेत्रमा आपूर्ति व्यवस्थापन गर्न, खाद्य सम्प्रभूता र भोकविरुद्ध अधिकारको सुनिश्चितता गर्न, उत्पादनको विविधिकरण गर्न, निर्यात अभिवृद्धि गर्न स्थानीय स्तरमा समेत खरिद तथा बिक्री कक्षको स्थापना गर्न थालेको हो ।

सङ्घीय, प्रादेशिक एवम् स्थानीय तहमा खाद्यान्न सञ्चय गर्न कोदाम घर निर्माण गरिने, कृषक समूह वा सहकारी मार्फत उत्पादित कृषि तथा पशुपंक्षिजन्य उत्पादनको खरिद सुनिश्चित गरी एकीकृत प्रशोधन उद्योगको स्थापना तथा सञ्चालन गर्ने लक्ष्य राखिएको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत रमेश आचार्यले जानकारी दिनुभयो ।

कार्यक्रममा सहभागीहरुले किसानले उत्पादन गरेका खाद्यान्न, तरकारी तथा फलफूल र पशुपंक्षिको सहज बजारीकरणमा ध्यान दिन आग्रह गर्नुभएको थियो ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977.9849962216
    बिज्ञापन शाखाः +977.9849962216
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल