alliance khabar

आइतबार, पुष २१, २०८१

सप्तरी, पुस २१ गते ।

सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका –७ बभनगामा टोलका हनुमानी भनिने रामबहादुर रजकले पैसा डबल गर्ने धन्दा चलाएको आरोपमा प्रहरीले पक्राउ गरेको छ ।

पैसा डबल गरिदिने लोभ देखाउँदै दर्जनौं ब्यक्तिबाट करोडौं ठगी गरेको आरोपमा उनलाई आइतबार सप्तरी प्रहरीले पक्राउ गरेको हो । उनलाई आइतबार घरबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

उहाँविरुद्ध पीडितले जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका थिए । उनलाई सुराकीको आधारमा पक्राउ गरिएको प्रहरीले जनाएको छ । वर्षौदेखि ठगी धन्दामा संलग्न भएको भन्दै गुनासो र उजुरी समेत परेपछि अनुसन्धानका लागि पक्राउ गरिएको सप्तरीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक ढकेन्द्र खतिवडाले जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977 9841580906
    बिज्ञापन शाखाः +977 9841580906
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल