alliance khabar

शुक्रबार, पुष १२, २०८१

धनगढी, पुस १२ गते ।

 कैलालीको धनगढीमा मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु भएको छ ।

हिजो बिहीबार धनगढी उपमहानगरपालिकामा–३ मा अत्तरियाबाट धनगढीतर्फ आइरहेको दुई मोटरसाइकल ठोक्किएर बाजुराको बडिमालिका नगरपालिका–७ का ३० वर्षीय धर्मराज खत्रीको मृत्यु भएको हो । मृतक मार्तडी स्वास्थ्य चौकीमा कार्यरत जनस्वास्थ्य निरीक्षक रहेको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ । खत्रीले चलाएको सुपप्र ०१–०१२ प ७११ नम्बरको मोटरसाइकलमा पछाडि सवार डोटीको शिखर नगरपालिका–११ का २५ वर्षीया शर्मिला थापा घाइते भएको प्रहरीले जिल्ला प्रहरी कार्यालयले जनाएको छ । उहाँको उपचार भइरहेको छ ।

धनगढी उपमहानगरपालिका–५ का २५ वर्षीय पुरन शाहले चलाएको सुपप्र ०१२ प १४१६ नम्बरको मोटरसाइकलसँग खत्रीले चलाएको मोटरसाइकल ठक्कर खाएको थियो । दुर्घटनामा घाइते खत्रीलाई उपचारका लागि मायामेट्रो अस्पताल लगिएकोमा चिकित्सकले मृत घोषणा गरेको जनाइएको छ । मोटरसाइकलसहित शाहलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977 9841580906
    बिज्ञापन शाखाः +977 9841580906
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल