alliance khabar

बिहिबार, पुष ११, २०८१

काठमाडौँ, पुस ११ गते।

 जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले शुक्रबार साँझदेखि मौसम आंशिकदेखि साधारण बदली हुने बताएको छ।

महाशाखाले बिहीबार अपरान्ह एक सूचना जारी गर्दै पश्चिमी न्युन चापीय प्रणालीका कारण भोलि साँझदेखि नेपालको धेरै स्थानमा आंशिकदेखि साधारणतया मौसम बदलीको सम्भावना रहेको बताएको हो।

महाशाखाका अनुसार उक्त मौसम प्रणालीको असरले तापक्रम घटेर चिसो बढ्न सक्ने छ। भोलिदेखि पर्सी शनिबारसम्म सुदूरपश्चिम, कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका अधिकांश स्थानमा र गण्डकी, बागमती र कोशी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानहरूमा हल्कादेखि मध्यम हिमपात हुने महाशाखाले जनाएको छ।

यसैगरी, सुदूरपश्चिम, कर्णालीका धेरै स्थानमा र लुम्बिनी, गण्डकी, बागमती, मधेश र कोशी प्रदेशका थोरै स्थानमा मध्यमदेखि हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977 9841580906
    बिज्ञापन शाखाः +977 9841580906
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल