alliance khabar

बिहिबार, पुष ११, २०८१

काठमाडौं, पुुस ११ गते ।

 सञ्चार तथा सूचनाप्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले सञ्चार क्षेत्रलाई मर्यादित र व्यवस्थित बनाउन नेपाल पत्रकार महासङ्घको नवनिर्वाचित कार्य समितिलाई आग्रह गर्नुभएको छ ।

सञ्चार मन्त्रालयमा बिहीबार महासङ्घका नव निर्वाचित पदाधिकारीहरूलाई बधाई एवम् शुभकामना दिनुहुँदै मन्त्री गुरुङले पत्रकारिता क्षेत्र स्वतन्त्र र स्वनियमन हुन आवश्यक रहेको बताउनुभयो ।

नेपाल सरकारका प्रवक्ता समेत रहनुभएका मन्त्री गुरुङले लोकतान्त्रिक राज्य व्यवस्थामा सत्ता पक्षलाई खबरदारी गर्ने स्वतन्त्र निकायको रूपमा पत्रकारिता रहेको हुँदा पत्रकार स्वयम् राजनीतिकरणबाट मुक्त हुनुपर्ने धारणा राख्नुभयो । “पत्रकार राजनीतिकरणबाट मुक्त हुनुपर्छ,” उहाँले भन्नुभयो, “र स्वव्यवस्थित हुनेमा पनि जोड दिनुपर्छ ।”

पत्रकारितालाई व्यवस्थित र मर्यादित बनाउन मिडिया विधेयक बन्ने क्रममा रहेको मन्त्री गुरुङले जानकारी दिनुभयो । पत्रकारिता पेसा जोखिमपूर्ण र अस्थिर भएको औंल्याउनुहुँदै यसलाई व्यवस्थित गराउन आफू सहकार्य गर्न तयार रहेको बताउनुभयो ।

मन्त्रालयका प्रवक्ता गजेन्द्रकुमार ठाकुरले पत्रकार महासङ्घका पदाधिकारीलाई बधाई दिनुहुँदै मन्त्रालय सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । सूचना तथा प्रशासर विभागका महानिर्देशक प्रदीप परियारले पत्रकारिताको हितमा सधैँ सकरात्मक रहेको बताउनुभयो ।

महासङ्घका नव निर्वाचित अध्यक्ष निर्मला शर्माले पत्रकारका पेसागत चुनौतीहरू हुँदाहुँदै पनि अभिव्यक्ति स्वतन्त्रताको पक्षमा सधैँ पत्रकार महासङ्घ उभिएको बताउनुभयो । पत्रकारको न्यूनतम पारिश्रमिकको समस्या, पेसागत चुनौती र शारिरीक एवम् मानसिक समस्याहरू रहेको उहाँले सुनाउनुभयो । समय अनुसार न्युमिडियामा दक्ष पत्रकार जन्माउन प्रशिक्षणको आवश्यक भएको बताउनुहुँदै उहाँले पत्रकार महासङ्घ पत्रकारका हितमा योजनाबद्ध ढङ्गले कार्य थालनी गर्ने समेत प्रतिबद्धता व्यक्त गर्नुभयो ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977 9841580906
    बिज्ञापन शाखाः +977 9841580906
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल