alliance khabar

सोमबार, पुष ०८, २०८१

काठमाडौं, पुस ८ गते ।

 एक पटक सगरमाथा उक्लिन जीवन लगाएर प्रयास गर्नेहरु हरेश खाएर फर्किन्छन् । पटक पटक उक्लिने प्रयास गर्नेहरु पनि असफल भएर हराउँछन् । एक युवा ११ पटक सगरमाथाको शिखर चुमेर पनि गुमनाम भएको सुन्दा आश्चर्य लाग्न सक्छ ।

गौरीशंकर गाउँपालिका –९, दोलखाका छिरिङ पेम्बा शेर्पा (३९) हुन् जो ११ पटक सगरमाथा उक्लेर पनि चर्चामा हुनुहुन्न । उहाँले एक पटक पाकिस्तानको चर्चित हिमाल केटुको सफल आरोहण गरिसक्नुभएको छ ।

शेर्पाले पहिलो पटक १८ वर्षको उमेरमा २३ मे २००७ मा सगरमाथाको सफल आरोहण गर्नुभएको थियो । सोपछि सन् २०१७ जुन २७ मा पाकिस्तानको केटु हिमाल आरोहण गर्नुभएको थियो । उहाँ इन्टरनेशनल माउन्टेन गाइडको रुपमा कार्यरत रहनुभएको छ ।

“उहाँको तीन पींढि निरन्तर सगरमाथा उक्लेको छ । उहाँको हजरबुवा एडमण्ड हिलारीको समूहमा सगरमाथा उक्लनुभएको थियो ।” 

शेर्पाले २ पटक ल्होत्से हिमाल, दुई पटक होयो हिमाल पनि चढिसक्नुभएको छ । उहाँले हिमाल मात्र चढ्नुभएको छैन, दुई हिमालको अन्वेषणमा पनि नेतृत्वदायी भूमिका खेल्नुभएको छ । बेडिङ्गो र खोङ हिमालको नयाँ नामकरणमा उहाँको नेतृत्वदायी भूमिका रहेको छ । जुन हिमालको उचाइ ६ हजार १२५ मिटर रहेको छ ।

बेडिङ गाउँको शिरमा रहेकाले सो हिमालको नाम बेडिङ्गो राखिएको उहाँको भनाइ छ । स्थानीय भाषामा ‘गो’ को अर्थ टाउको हुन्छ । गाउँको शिरमा हिमाल भएकाले त्यसको नाम बेडिङ्गो जुराइएको उहाँले अनुभव सुनाउनुभयो । सोहीअनुसार खोङ हिमालको उचाई ६ हजार ६४६ मिटर छ । स्थानीय भाषामा खोङको अर्थ ‘सेतो’ लाग्छ । सेताम्मे हिमाल भएकाले त्यसको नामकरण खोङ गरियो । यी दुई हिमालको नामकरण सन् २०१५ मै भएको उहाँले बताउनुभयो ।

उसो त उहाँको तीन पींढि निरन्तर सगरमाथा उक्लेको छ । उहाँको हजरबुवा एडमण्ड हिलारीको समूहमा सगरमाथा उक्लनुभएको थियो । उहाँले सो समूहमा सञ्चारकर्ताको काम पनि गर्नुभएको शेर्पा सम्झनु हुन्छ । आफू बाजेबाटै हिमाल आरोहण गर्ने प्रेरणा पाएको शेर्पाको भनाइ छ ।

“उहाँका बुवाको सात दाजुभाइ सबैले सगरमाथाको टुप्पोको अवतरण गर्नुभयो । बुवा आङछिरिङ शेर्पा, उहाँका काकाहरु निमा तेम्वा शेर्पा, पेमा थार्के शेर्पा, निमा गुम्बु शेर्पा, मिङ्मा हिरी शेर्पा, ठुण्डु शेर्पा, पासाङ तेन्जिङ शेर्पाले पनि सगरमाथाको सफल आरोहण गर्नुभएको उहाँले बताउनुभयो ।”

सो पछि उहाँका बुवाको सात दाजुभाइ सबैले सगरमाथाको टुप्पोको अवतरण गर्नुभयो । बुवा आङछिरिङ शेर्पा, उहाँका काकाहरु निमा तेम्वा शेर्पा, पेमा थार्के शेर्पा, निमा गुम्बु शेर्पा, मिङ्मा हिरी शेर्पा, ठुण्डु शेर्पा, पासाङ तेन्जिङ शेर्पाले पनि सगरमाथाको सफल आरोहण गर्नुभएको उहाँले बताउनुभयो ।

शेर्पाका अनुसार सात दाजुभाइले ६१ पटक सगरमाथाको सफल आरोहरण गर्नुभएको थियो । नेपाल नेशनल गाइड एशोसियशनको सदस्य समेत रहेका शेर्पाले पछिल्लो समय माउन्टेन चढ्नेहरुको रेस्क्यूको काम पनि गर्दैआउनुभएको छ । शेर्पाले अहिलेसम्म चीन, भारत, पाकिस्तान, अफ्रिका, नर्वे, फ्रान्सलगायतको मुलुकको भ्रमण गर्नुभएको छ । सगरमाथाको पटक–पटक सफल आरोहण गर्दा पनि आफूले राज्यबाट केही नपाएको उहाँको गुनासो छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977 9841580906
    बिज्ञापन शाखाः +977 9841580906
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल