alliance khabar

आइतबार, पुष ०७, २०८१

काठमाडौँ, पुस ७ गते। 

जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले सोमबार राति पश्चिमी भूभागमा पानी पर्न सक्ने जनाएको छ।

महाशाखाका मौसमविद् बिनु महर्जनका अनुसार सोमबार रातिदेखि सुदूरपश्चिम प्रदेशतिर बादल लाग्ने तथा पानी पर्ने पूर्वानुमान गरिएको छ।

मौसमविद् महर्जनले भन्नुभयो, “भोलि रातिबाट सुदूरपश्चिमतिर बादल बढ्ने तथा पहाडी भूभागमा पानी पर्ने सम्भावना छ।”

उहाँले पश्चिमी वायुको न्युन चापीय प्रणाली नेपालतर्फ आउने भएकाले हिमाली तथा पहाडी भूभागमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको बताउनुभयो।

उहाँले भन्नुभयो, “हिमाली तथा पहाडी भूभागमा हल्कादेखि मध्यम हिमपातको सम्भावना छ। पश्चिमी वायुको न्युन चापीय प्रणाली नेपालतर्फ आउन लागेको छ। यसको प्रभावका कारण हिमपात र वर्षाको सम्भावना छ।”

उहाँका अनुसार यसको बढी असर पश्चिमी क्षेत्रमा पर्ने र मध्य एवम् पूर्वी भूभागमा बादल लाग्ने सम्भावना छ। यो प्रणाली मङ्गलबार रातिसम्म सुचारु हुने उहाँले जानकारी दिनुभयो।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977 9841580906
    बिज्ञापन शाखाः +977 9841580906
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल