alliance khabar

शुक्रबार, पुष ०५, २०८१

कावासोती, पुस ५ गते :असोज १२ गते नारायणी नदीमा आएको बाढीले क्षति पुर्‍याएकाे मध्यविन्दु नगरपालिका–१५ को बालसिद्ध आधारभूत विद्यालयको मर्मत गरि अध्यापन सुरु गरिएको छ । बाढीका कारण बालसिद्ध आधारभुत विद्यालयमा पूर्ण रुपमा क्षति पुगेको थियो ।

विद्यालयका कक्षा कोठा र फर्निचर लगायतका सामग्री सबै हिलोसहितको लेदो पानीले डुबाउँदा लामो समयसम्म विद्यार्थीलाई कक्षा कोठामा अध्यापन गराउन नसकेको विद्यालयले जनाएको छ ।

विशेषगरि बाल कक्षा, पूर्वप्राथमिक तहका बालबालिकालाई अध्ययन गर्न असहज भएपछि अहिले पूर्ननिमार्ण गरेर बालमैत्री कक्षा व्यवस्थापन गरिएको हो । मध्यविन्दु नगरपालिकाको समन्वयमा जागृति बाल तथा युवा सरोकार नेपाल, नेपाल हिल्फे बिटिकम किन्डर इन चिल्ड्रेन नेपालको सहयोगमा बाढीबाट क्षति पुगेको विद्यालयको कक्षाकोठा बालमैत्री बनाइएको हो ।

करिव १० लाखको लागतमा तीन वटा कक्षा रङरोगन, भित्तेलेखन, ईसीडी कक्षाको व्यवस्थापन गरिएको जागृति बाल तथा युवा सरोकार नेपालका महासचिव दिपक शर्माले बताउनुभयो । विद्यालयको पुननिमार्णसँगै ख्ुासीखुसी विद्यालयमा बालबालिका पु¥याउने अभियान अन्र्तगत बालसिद्ध आधारभुत विद्यालयमा शैक्षिक सामाग्री वितरण गरिएको छ । यहाँ अध्ययनरत ७२ जना बालबालिकालाइ शैक्षिक सामग्री वितरण गरिएको हो । विद्यार्थीलाई झोला, कमी, कलम, ज्याकेट, टुटपेस्ट लगाएतका सामाग्री वितरण गरिएको जागृति बाल तथा युवा सरोकारका महासचिव शर्माले बताउनुभयो ।

मध्यविन्दु नगरपालिकामा शिक्षाको क्षेत्रमा बालबालिकाको शैक्षिक विकास गर्ने हेतुले खुसी पाठ्यक्रमको अवधारणा ल्याएको नगरप्रमुख भीमलाल अधिकारीले बताउनुभयो । त्यही अनुरुप आफूहरुले कार्य गर्दै आएको र असोज ११, १२ गते आएको बाढीले नगरपालिकाका विभिन्न ठाउमा र विद्यालयमा ठुलो क्षति पुगेकाले जागृति बाल तथा युवा सरोकारले पनि सहयोग गरेको बताउनुभयो । मानिसलाई गास, बास, कपाससँगै स्वास्थ्य र शिक्षापनि आधारभुत आवश्यकतामा रहेकाले शिक्षालाई प्राथमिकता दिनुपर्नेमा जोड दिनुभयो । जागृति बाल तथा युवा सरोकारले शिक्षा क्षेत्रमा पुर्‍याएकाे सहयोग प्रति आभार प्रकट गर्दै आगामी दिनमा पनि सहयोगको अपेक्षा रहेको उहाँले बताउनुभयो ।

विद्यालयमा खुसीखुसी विद्यार्थी पुर्‍याउने अभियानका साथ के गर्दा विद्यालयमा विद्यार्थी खुसी हुन्छन् र उनीहरु प्रभावित हुन्छन् भन्ने उद्धेश्यले आफुहरुले आवश्यकता अनुसार विगत १५ वर्षदेखि विद्यालयमा शैक्षिक सामाग्री, न्यानो कपडा वितरण गर्ने र अभिभावकसँ पनि जीवनयापनमा सहज हुने विषयमा छलफल गर्ने गरेको किन्डर नेपालका संयोजक दिपक बस्यालले बताउनुभयो ।

विद्यालयप्रति विद्यार्थीको रुचि बढाउन सकिएन भने उसले भविष्यमा गलत बाटो अपनाउन सक्छ भन्दै सुरुवाती दिनबाट नै विद्यालयमा विद्यार्थी पु¥याउने मुख्य उद्धेश्य रहेको उहाँले बताउनुभयो ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977 9841580906
    बिज्ञापन शाखाः +977 9841580906
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल