alliance khabar

शुक्रबार, पुष ०५, २०८१

सोलुखुम्बु, पुस ५ गते : सोलुखुम्बुको सोलुदुधकुण्ड नगरपालिकामा ‘सोलु चाम नामक’ गैरसरकारी संस्थाले फोहोरमैला व्यवस्थापनमा वार्षिक ५० हजार अमेरिकी डलर (करिब ६५ लाख नेपाली रुपियाँ) सहयोग गर्ने भएको छ ।

सोलुखुम्बुमा लामो समयदेखि शैक्षिक क्षेत्रमा सहयोग गर्दै आएको शेर्पा बालबालिका संघको सहजीकरणमा सोलु चाम र नगरपालकिाबिच फोहोरमैला व्यवस्थापन गर्ने सम्बन्धी सम्झौता भएपछि वार्षिक रुपमा उक्त सहयोग आउने भएको हो । नगरपालिकाका ५ वटा वडामा फोहोरमैला व्यवस्थापन, फलफूलका बिरुवा वृक्षारोपण, विद्यार्थीमा जनचेतना अभिवृद्धि लगायतका क्षेत्रमा लगानी गर्नेगरी सोलुदुधकुण्ड नगरपालिकाका नगरप्रमुख नाम्गेलजाङ्बु शेर्पा र शेर्पा बालबालिका सहयता संघका अध्यक्ष निमा शेर्पाले सम्झौतामा हस्ताक्षर गर्नुभएको छ ।

चालु आर्थिक वर्षमा संघले ५० हजार अमेरिकी डलर शेर्पा बालबालिका संघमार्फत् खर्च गर्ने र प्रभावकारी काम भएमा आगामी वर्षहरूमा पनि सम्झौता नवीकरण गर्दै जाने शेर्पा बालबालिका संघ अध्यक्ष निमा शेर्पाले बताउनुभयो ।

परियोजना नगरपालिकामा पाइलट प्रोजेक्ट भएको भन्दै यसको दिगोपना र प्रभावकारीता हेरेर अगाडी बढ्ने मेयर शेर्पाले बताउनुभयोे । नगरपालिकाले फोहोरमैला व्यवस्थापन सम्बन्धी कामलाई प्रभावकारिताका साथ अगाडि बढाउने बताउँदै उहाँले ५ वटै वडामा काम यथाशिघ्र सुरु हुने बताउनुभयो । उहाँले सम्झौता कार्यान्वयनमा नगरपालिकाले कुनै कसर बाँकी नराख्ने पनि प्रष्ट पार्नुभयो ।

यसअघि पनि शेर्पा बालबालिका संघले नगरक्षेत्र भित्रका विद्यालयमा फोहोरमैला व्यवस्थापन सम्बन्धी कार्य सञ्चालन गरेको थियो । सोही आधारमा सोलु चाम र नगरपालिका बिच आयोजना कार्यान्वयन गर्ने समझदारी भएको थियो ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977 9841580906
    बिज्ञापन शाखाः +977 9841580906
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल