alliance khabar

शुक्रबार, पुष ०५, २०८१

तनहुँ, पुस ५ गते : तनहुँका पालिकाका वडाहरुबाट नागरिकताको सिफारिस अनलाइनबाटै हुने भएको छ । अनलाइनबाट सिफारिस गर्नको लागि जिल्ला प्रशासन कार्यालयले पालिकामै पुगेर प्रशिक्षण प्रदान गरिरहेको छ ।

दश पालिकामध्ये छ पालिकामा प्रशिक्षण प्रदान गरिसकेको छ भने चारमा तालिम दिने तयारी गरिएको छ । व्यास नगरपालिका, ऋषिङ गाउँपालिका, घिरिङ गाउँपालिका, भीमाद नगरपालिका, शुक्लागण्डकी नगरपालिका र म्याग्दे गाउँपालिकामा प्रशिक्षण प्रदान गरि सकिएको प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापाले जानकारी दिनुभयो ।

थापाका अनुसार देवघाट गाउँपालिका, आँबुखैरेनी गाउँपालिका र भानु नगरपालिमा तालिम दिने तयारी भईरहेको छ । प्रअिज थापाले भन्नुभयो, “यही पुस १५ गते देखि सबै पालिकाका वडाबाट अनलाइनबाटै सिफारिस हुने व्यवस्था मिलाउन लागेका छौं त्यसको लागि तालिम धमाधम प्रदान भईरहेको छ ।”

जिल्ला प्रशासन कार्यालयबाट प्रवाह गरिने नेपाल नागरिकताको प्रमाणपत्र वितरण सम्बन्धी सेवालाई छिटो, छरितो, त्रुटीरहित र प्रविधिमैत्री बनाउने ध्येयका साथ नेपाली नागरिकता प्रमाणपत्र प्राप्तीका लागि स्थानीय तहहरुबाट गरिने अनुसूची सिफारिसलाई अनलाइन प्रणालीबाट गराउन थालिएको हो ।

नागरिकता वितरण कार्यलाई छिटो, छरितो, त्रुटि नहुनको लागि व्यवस्थित र प्रवधिमैत्री बनाउँदै सेवाप्रवाहको गुणस्तरमा अभिवृद्धि गर्न अनलाइनस सिफारिस गर्न लागिएको थापाले बताउनुभयो । सेवाग्राहीले सिफारिसका लागि आवश्यक कागजपत्र लिएर वडामा गएपछि वडा कार्यालय आफैंले जिल्ला प्रशासन कार्यालयको अनलाइनमा नागरिकता अनुसूचीको फारम भरेर अपलोड गरिदिने जिल्ला प्रशासन कार्यालय तनहुँले जनाएको छ ।

विद्युतीय व्यवस्थाले सबै प्रणालीलाई एकीकृत गर्न र दस्तावेज कायम गर्न सहज हुने प्रअिज थापाले बताउनुभयो । थापाका अनुसार तत्काललाई नयाँ नागरिकताको मात्र सिफारिसका लागि यो सेवा सुचारु गरिने  र चाँडै नै प्रतिलिपीको सेवा सुरु गर्ने तयारी गरिएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977 9841580906
    बिज्ञापन शाखाः +977 9841580906
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल