alliance khabar

मंगलबार, पुष ०२, २०८१

धनगढी, पुस २ गते : कैलालीको धनगढी उपमहानगरपालिका-७ मा रहेको जाखोर ताल क्षेत्रमा चराको बासस्थानमा सुधार भएको छ । तालको जथाभावी दोहनलाई रोक्नुका साथै ताल क्षेत्रमा रहेको जलकुम्भी हटाइएपछि चराको बासस्थानमा सुधार भएको हो ।

केही वर्ष पहिले सो ताल क्षेत्रलाई पुरै जलकुम्भीले ढाकेको थियो । त्यहाँ रहेको जलकुम्भी हटाउनुका साथै जलीय वनस्पति र जीव संरक्षणको कार्य अगाडि बढाइएको वनस्पति अनुसन्धान केन्द्र कैलालीका प्रमुख गंगादत्त भट्टले बताउनुभयो ।

“ताललाई जलकुम्भीले ढाकिसकेपछि चराहरु बस्दैनथे”, उहाँले भन्नुभयो, “हामीले जलकुम्भी हटाएर चराचुरुङ्गीले मन पराउने जलीय वनस्पति र जीव संरक्षण गरिरहेका छौं । त्यसले चराको बासस्थानमा सुधार भएको छ ।”

देवहरिया वनस्पति उद्यानमा रहेको जाखोर तालमा केही वर्ष अगाडिसम्म माछा पालन गर्नुका साथै मनलाग्दी दोहनको कार्य भएको थियो । हाल सो तालबाट कमलको फूल पनि टिप्न बन्देज गरिएको छ। जलकुम्भी मिचाहा प्रजाति भएकाले कथमकदाचित फेरि आएमा त्यसलाई तुरुन्त हटाउने कार्य गर्नुका साथै ताल संरक्षणमा जोड दिइएको जनाइएको छ ।

जाखोर तालमा बासस्थान सुधार भएपछि पहिलेको तुलनामा अचेल चराको उपस्थिति बढेको चराविद् हिरुलाल डङ्गौराले बताउनुभयो । उहाँले चरा अवलोकनका लागि जाखोर ताल राम्रो गन्तव्य रहेको उल्लेख गर्नुभयो ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977 9841580906
    बिज्ञापन शाखाः +977 9841580906
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल