alliance khabar

आइतबार, मंसिर ३०, २०८१

टीकापुर, मङ्सिर ३० गते : सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले आफ्नो एक महिनाको पारिश्रमिक आफू पढेको विद्यालय वीरेन्द्र विद्या मन्दिरको स्वर्ण महोत्सवलाई दिने घोषणा गर्नुभएको छ ।

‘म पढेको विद्यालयको स्वर्ण महोत्सवमा एक महिनाको पारिश्रमिक दिन्छु, देश विदेशमा रहेका, पेशा व्यवसायमा रहेका, सरकारी निकायमा बसेका पूर्व विद्यार्थीले थोरथोरै सहयोग गरे ठुलो सहयोग जुट्छ’ आइतबार वीरेन्द्र विद्या मन्दिर टीकापुरको स्वर्ण महोत्सवको अवसरमा निर्माण गरिन लागेको स्वर्ण महोत्सव स्तम्भको शिलान्यास गर्दै मुख्यमन्त्री शाहले भन्नुभयो, ‘आवश्यक सहयोग प्रदेश सरकारले पनि गर्छ ।’

मुख्यमन्त्री शाहले बझाङमा स्थापना भएको सत्यवती मावि र टीकापुरमा स्थापना भएको वीरेन्द्र विद्या मन्दिर सुदूरपश्चिमको शैक्षिक धरोहर भएको बताउनुभयो । विद्यालयको नामले नै शैक्षिक नगरी भनेर चिनिएको टीकापुरलाई स्थापित गर्न सुदूरपश्चिम प्रदेश सरकारले टीकापुरमा प्राविधिक विश्वविद्यालय स्थापना गर्न लागेको पनि मुख्यमन्त्री शाहले बताउनुभयो ।

सुदूरपश्चिम प्रदेश सरकारका उद्योग पर्यटन वन तथा वातावरणमन्त्री लक्ष्मणकिशोर चौधरीले ५० वर्षअघि स्थापना भएको विद्यालयले देशका लागि धेरै कर्मचारी, नेताहरु जन्माएको र सुदूरपश्चिममा मात्र मुख्यमन्त्री, एक जना मन्त्री र दुई जना बहालवाला सदस्य विद्यालयका पूर्व विद्यार्थी रहेको बताउनुभयो ।

आफू पूर्व विद्यार्थी, खेलाडी, कलाकार हुँदै मन्त्री भएको तर विद्यालयका भौतिक संरचना जिर्णोद्वार गर्नुपर्ने अवस्थामा पुगेकाले टीकापुरमा शैक्षिक लगानी गरी शैक्षिक पर्यटकीय केन्द्रको रूपमा विकास गरिने बताउनुभयो ।

स्नातकोत्तरसम्मको पढाइ हुने वीरेन्द्र विद्या मन्दिरको स्वर्ण महोत्सव २०८१ फागुन ९ गतेदेखि ११ गतेसम्म टीकापुरमा हुने र राष्ट्रपति रामचन्द्र पौडेल महोत्सवमा सहभागी हुने कार्यक्रम तय भएको छ ।

स्वर्ण महोत्सवमा एक महिनाको पारिश्रमिक दिनु भएकोमा मुख्यमन्त्री र शिलान्यास कार्यक्रममा सहभागी हुनु भएकोमा उद्योग पर्यटनमन्त्री चौधरीलाई महोत्सव आयोजक समितिका सदस्य लोकबहादुर खड्काले धन्यवाद दिनुभयो ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977 9841580906
    बिज्ञापन शाखाः +977 9841580906
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल