alliance khabar

शनिबार, मंसिर १५, २०८१

कैलाली, मङ्सिर १४ गते : सुरक्षित आवास परियोजना अन्तर्गत कैलालीको बर्दगोरियामा  निर्माण भएका १२ वटा घर शुक्रवार सुदूरपश्चिम प्रदेश भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री वीरबहादुर थापाले हस्तान्तरण गर्नुभएको छ ।  बर्दगोरिया गाउँपालिका वडा नम्बर–४ दानुवाफाँटाका १२ घरपरिवार मुक्त कमैयालाई उक्त नवनिर्मित सुरक्षित आवास हस्तान्तरण गरिएको हो ।

ह्याबिट्याट फर ह्युमिनिटी, राष्ट्रिय दलित नेटवर्क र सुदूरपश्चिम प्रदेश सरकारको लागत साझेदारीमा उक्त घरहरू निर्माण गरिएका हुन । हस्तान्तरण कार्यक्रममा गाउँपालिका अध्यक्ष कर्णबहादुर कुँवर, वडाअध्यक्षहरु, ह्याविट्याट् र दलित नेटवर्कका प्रतिनिधि समेतको उपस्थिति रहेको थियो ।

१२ वटा घर निर्माणका लागि ८० लाख ९४ हजार पाँच सय ९४ रुपैयाँ खर्च गरिएको जनाइएको छ । यसका लागि सुदूरपश्चिम प्रदेश सरकारको भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयले ३७ लाख ३३ हजार तीन सय ३२, ह्याबिट्याट फर ह्युमिनिटी र राष्ट्रिय दलित नेटवर्कले २७ लाख ७७ हजार दुई सय ६२ रुपैयाँ खर्च गरेका छन् भने स्थानीय लाभग्राहीहरूले १५ लाख ८४ हजार बराबरको श्रमदान गरेका छन् । प्रति घर ६ लाख ७४ हजार ५ सय ५० रुपैयाँ लागत लागेको लेखा परीक्षण मार्फत सार्वजनिक गरिएको छ । सुरक्षित आवास विहीन परिवार घर निर्माणसँगै हस्तान्तरण भएपछि खुसी भएका छन् ।

४२ घर धुरी रहेको यो मुक्त कमैया बस्तीमा अब ३० घर बन्न बाकी छन् । उनीहरूको घर समेत निर्माण गर्न स्थानीय पालिका, सरोकारवाला संस्था र प्रदेश सरकार बिच समन्वय भई  निर्माण हुने जनाइएको छ ।

बर्दगोरिया गाउँपालिका ४ दनुवाफाँटामा निर्माण भएका १२ वटा सुरक्षित आवास मुक्त कमैया परिवारलाई हस्तान्तरण गर्दै कृषि मन्त्री थापा ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977 9841580906
    बिज्ञापन शाखाः +977 9841580906
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल