alliance khabar

सोमबार, भाद्र ०४, २०८०

मनहरी (मकवानपुर), ४ भदौ

बागमती प्रदेश सरकारका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले रोजगारी सिर्जना गर्नु नै सरकारको मुख्य लक्ष्य रहेको बताउनुभएको छ । आज प्रदेश श्रम तथा रोजगार नीति, २०८० सार्वजनिक गर्दै उहाँले संविधानको मर्ममा रहेर प्रदेश श्रम तथा रोजगार नीति तयार पारिएको बताउनुभयो ।

“श्रमको अधिकार प्रदेशमा खासै छैन तर पनि भएको अधिकारलाई प्रयोग गर्न नीति बनाइएको हो”, उहाँले भन्नुभयो । प्रदेश सरकारले समुदायमा आधारित कृषिको मोडेलमा रहेर १४ वटा पकेट क्षेत्र बनाई २० हजार किसान समेट्ने उल्लेख गर्दै मुख्यमन्त्री जम्कट्टेलले गृहिणी महिलालाई पनि श्रममा जोडेर लैजाने सरकारको नीति रहेको बताउनुभयो । त्यस्तै, युवा क्षमता विकासका कार्यक्रम र दक्ष जनशक्ति बनाई वैदेशिक रोजगारका लागि सक्षम बनाउन सरकार लागी पर्ने उहाँको भनाइ थियो ।

उहाँले आवश्यक ऐन कानून बनाएर लैजाने प्रतिबद्धता व्यक्त गर्दै सामाजिक सुरक्षा कोषमा सबै अनौपचारिक श्रमिक र औपचारिक श्रमिकलाई समेट्ने बताउनुभयो । “श्रम ऐन लचिलो हुनुपर्छ, तर अहिले त्यस्तो छैन ऐनमा केही विवादित अवस्था पनि छ”, मुख्यमन्त्री जम्कट्टेलले भन्नुभयो । श्रम र रोजगार मात्र नभई प्रदेश सरकारले यातायात क्षेत्रलाई पनि व्यवस्थित बनाउने उहाँले जानकारी दिनुभयो ।

कार्यक्रममा प्रदेशका श्रम रोजगार तथा यातायातमन्त्री लक्ष्मण लम्सालले श्रम बजार र श्रमिकलाई बलियो बनाउन नीतिले भूमिका खेल्ने बताउनुभयो । सीप विकासको क्षमता बढाउनुका साथै विश्व बजारमा श्रमिकलाई प्रतिस्पर्धी बनाउन नीतिले महत्त्वपूर्ण भूमिका रहने उहाँको भनाइ थियो । उहाँले यातायात क्षेत्रलाई व्यवस्थित बनाउन थप कार्यालय विस्तार गरिनुका साथै सूचना प्रविधिमैत्री बनाइने जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977.9849962216
    बिज्ञापन शाखाः +977.9849962216
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल