alliance khabar

बिहिबार, भाद्र ०६, २०८१

काठमाडौँ भाद्र ५ गते ।

उर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालयका माननीय मन्त्री दीपक खड्का र राज्य मन्त्री पूर्ण ब. तामाङ (कान्छाराम) ज्युको विशेष पहलमा नेपालको जलविद्युत निर्माणमा रहेका ऐन, कानुन लगायतका तमाम समस्या समाधानका निमित्त कानुनी जटिलता हटाउन र आवश्यक समन्वय गर्न महत्वपूर्ण बैठक सम्पन्न भएको छ।

उक्त बैठकमा बन तथा वातावरण मन्त्री माननीय ऐन ब. शाही, राज्य मन्त्री रुपा बि.क., ऊर्जा सचिव, सिंचाई सचिव, ऊर्जा आयोगका सचिव लगायत अन्य दुई मन्त्रालयका सह-सचिवहरूको उपस्थिति रहेको थियो।

बैठकले जलविद्युत विकासको बाटोमा रहेका बन क्षेत्रका समस्या, जग्गा प्राप्ति, र अन्य मन्त्रालयहरूसँग समन्वय गरेर विकास निर्माण कार्यलाई तीव्रता दिने प्रतिबद्धता व्यक्त गरेको छ।

ऊर्जा आयोगका सचिव सुरेश आचार्यको संयोजकत्वमा कानुनी जटिलता समाधान गर्न र सरकारलाई आवश्यक सुझाव दिनका लागि कार्यदल गठन गरेको छ।

मन्त्रालयको यस कदमले आगामी दिनमा विकास निर्माणले गति लिने विश्वास गरेको छ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977 9841580906
    बिज्ञापन शाखाः +977 9841580906
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल