alliance khabar

बिहिबार, साउन ३१, २०८१

चलचित्र ‘छक्का पञ्जा-५’को हालै सार्वजनिक भएको गीतलाई लिएर गायिका ज्योति मगरले आपत्ति जनाएकी छन्।

दीपकराज गिरी र दीपक शर्माको शब्द लेखनमा सविन सुवेदी र बेनिशा पौडेलको स्वर रहेको गीत ‘बिहे भको छैन…’ गीतलाई लिएर गायिका मगरले आपत्ति जनाएकी हुन् ।

‘अभद्र र अर्मादित’ गीत गाएको भन्दै पछिल्लो समय तीज गीत माथि टिका-टिप्पणी भइरहेको छ । यता ‘छक्का पञ्जा–५’को गीतमा बिहे नभए पनि कुमारित्व नरहेको प्रशंग छ त्यही कुरा माथी गायिका मगरले प्रश्न उठाएकी छन् ।

सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै मगरले भनेकी छन्, ”बिस्तारा ले पोल्यो’, ‘तीन महिने सुई लाउँछे’ जस्ता गीतहरूले समाज भड्किलो भयो भन्दै भुक्नेहरूले छक्का पन्जाको गीत ‘बिहे भाको छैन म,कुमारी नि हैन म’ भन्ने गीतलाई कुन रूपले लिए होलान् ? यो गीतको भाव बुझेनन् कि क्या हो ?
सार्वजनिक गीतमा चलचित्रका मुख्य कलाकारद्वय दीपकराज गिरी र वर्षा शिवाकोटीको नृत्य छ ।

‘छक्का पञ्जा-५’ चलचित्रलाई दीपाश्री निरौलाले निर्देशन गरेकी छन् । असोज २४ गते रिलिज हुने चलचित्रमा दीपक र वर्षासँगै केदार घिमिरे, निर्मल शर्मालगायत कलाकारको अभिनय छन् ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977 9841580906
    बिज्ञापन शाखाः +977 9841580906
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल