Alliancekhabar

आइतबार, भाद्र ०३, २०८०

कास्की, ३ भदौ : पोखरा महानगरपालिकाले स्वास्थ्यमा नागरिकको पहुँच वृद्धि गर्ने उद्देश्यले थप तीन वडामा सहरी स्वास्थ्य केन्द्र सञ्चालनमा ल्याउने भएको छ । नागरिकलाई घरआँगनमै स्वास्थ्य सेवाको पहुँच विस्तार गरी आधारभूत स्वास्थ्योपचार सेवा प्रदान गर्ने उद्देश्य राखिएको छ । हाल महानगरमा २३ सहरी स्वास्थ्य केन्द्र सञ्चालनमा छन् ।

महानगरले वडा नं १९ को लामाचौर, वडा नं २१ र वडा नं २४ को बास्कोटमा सहरी स्वास्थ्य केन्द्र स्थापना कार्य अघि बढाएको हो । लामाचौर र वडा नं २१ मा सहरी स्वास्थ्य केन्द्रका लागि पूर्वाधार तयार भइसकेकाले आवश्यक जनशक्ति र साधन स्रोत व्यवस्था गरी छिट्टै सञ्चालमा आउने महानगर स्वास्थ्य महाशाखाका वरिष्ठ अधिकृत हरिलाल आचार्यले बताउनुभयो ।

उहाँले भन्नुभयो, “नागरिकलाई आधारभूत स्वास्थ्योपचार सेवा सहरी स्वास्थ्य केन्द्रबाट उपलब्ध हुन्छ । थप तीनवटा स्वास्थ्य केन्द्र सञ्चालनको काम सुरु भएको छ ।” कास्कीकोटको बास्कोटमा पूर्वाधार निर्माणकार्य सुुरु भएको छ । बास्कोट सहरी स्वास्थ्य केन्द्र भवन रु चार करोड लागतमा निर्माण हुँदैछ । सो केन्द्र भवन दुई वर्षभित्र निर्माण सम्पन्न गरिने महानगरले जनाएको छ ।

दुईतलाको सुविधासम्पन्न सो सहरी स्वास्थ्य केन्द्रको भवनलाई भविष्यमा सहरी स्वास्थ्य प्रवर्द्धन केन्द्रमा स्तरोन्नति गर्ने महानगरको योजना रहेको छ । सो वडामा हाल स्वास्थ्यचौकी सञ्चालनमा छ ।

पोखरा–२४ को तल्लो भाग र वडा नं २३ तथा अन्नपूर्ण गाउँपालिकाको केही क्षेत्रका बासिन्दाले समेत लाभ लिन सहज हुने सो केन्द्र सुविधासम्पन्न बनाइने महानगरले जनाएको छ । महानगरका वडाहरूमा ल्याब परीक्षणसहितका शिविर सञ्चालनका अभियानसमेत थालिएको छ ।

पोखरा–२४ का वडाध्यक्ष भरतबहादुर अधिकारीले बास्कोटमा स्वास्थ्य केन्द्र निर्माणले त्यस क्षेत्रका नागरिकलाई सुविधा हुने बताउनुभयो । सामान्य स्वास्थ्यसम्बन्धी समस्या भएपछि पोखरा बजार नै पुग्नुपर्ने बाध्यताको अन्त्य हुने उहाँले विश्वास व्यक्त गर्नुभयो । पोखरा महानगर मातहतमा अहिले एक अस्पताल, प्राथमिक स्वास्थ्य केन्द्र दुई, सहरी स्वास्थ्य प्रवर्द्धन केन्द्र एक, स्वास्थ्यचौकी १९ र सहरी स्वास्थ्य केन्द्र २३ वटा सञ्चालमा छन् ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977.9849962216
    बिज्ञापन शाखाः +977.9849962216
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल