Roshan Pokharel

शनिबार, भाद्र ०२, २०८०

काठमाण्डौं
काठमाण्डौं सिनामंगलस्थित लोयोला सकेण्डरी स्कुलको आयोजनामा ओजस थिएटर (शैली थिएटर) मा नाटक “हराएकी म“को मञ्चन हिजो बाट शुरु भएको छ । हिजो दिउँसो ११ बजे र १ बजे मञ्चन गरिएको नाटकमा महिलाहरु प्रथम पटक रजस्वला हुदाँ गरिने व्यवहारबारे प्रस्तुत गरिएको छ । दर्शकहरुलाई महिनावारी हुदाँ गलत सँस्कारलाई त्यागेर महिनावारीलाई उत्सवको रुपमा मनाउनुपर्ने सन्देश दिन र कलाकारहरुलाई रङ्गमञ्च सम्बन्धि ज्ञान बाड्न नाटक मञ्चन गरिएको हो ।

विद्यालयकी उप–प्राध्यापक ममता बम आफनो विद्यालयमा रहेका बालवालिका लाई रजश्वला के हो र यसका विषयमा समाजमा रहेका गलत धारणा र सामाजिक कुस्कारका विषयमा जानकारी दिनको लागी नाटकको मञ्चन गरिएको उहाँले बताउनुभयो । बालसाहित्यकार विजयराज आचार्य ज्युको कथालाई लिएर निर्माण हुन लागेको नाटकको नाट्य रुपान्तरण र निर्देशन रङ्गकर्मी पुष्पराज अवस्थीले गर्नुभएको छ भने सहायक निर्देशन भरत महर (बिटी)ले गर्नुभएको छ । नाटक हराएकी म महिनावारीको विषयवस्तुलाई लिएर निर्माण गरिएको हो । अहिलेको यो युगमा पनि कतिपय ठाउँ अथवा घरपरिवारमा महिनावारीलाई हेर्ने नजरिया पुरानै छ । कतिपय घरपरिवारमा महिला अथवा किशोरी महिनावारी भएकै कारण मानसिक यातना भोगिरहेका छन् ।

छाउगोठ बस्नुपर्ने, बन्द कोठामा बस्नुपर्ने, छोरा मान्छेको अनुहार हेर्न नमिल्ने, खानामा पनि सबै खान नमिलेर बार्नुपर्ने कथाहरु सुन्दै आईरहेका छौं । पहिलोचोटि महिनावारी हुदाँ कतिपयले केक काटिरहेको अवस्थामा कतिपय भने सामाजिक संस्कार भन्दै छोरीहरुलाई मानसिक यातना दिईरहेका छन् । महिनावारी हुदाँ खुशीले उत्सव मनाउनुपर्नेमा कतिपय छोरीहरु महिला हुनुमा नै दुखको अनुभव गर्छन् । नाटकको माध्यमबाट यी र यस्तै कुराहरुमा सुधार आउँछ कि भन्ने आशा नाटकको व्यावस्थापन पक्षले लिएको छ ।

नाटकमा आयुषा सुजी, जेनिसा आचार्य, समृद्धि पाण्डे, आरुष गौतम, श्रेया बुढाथोकी, निमिसा श्रेष्ठ, रिमिसा श्रेष्ठ, प्रस्तुती भण्डारी, सुमन खड्का, प्रक्सिस राना कुवँर, आश्रिका अधिकारीआरभ पुरी, जस्टिन थापा, द्रब्यता कुशुवाह, हिमाल तामाङ, कौशल पौडेल, काब्या शर्मा लगायत अन्य कलाकारको भुमिका रहेको छ । नाटकको मञ्च व्यस्थापक आस्था कार्कीले गर्नुभएको छ । अहिलेको यो युगमा किताबसँगै अन्य ज्ञान पनि हुन जरुरी हुन्छ । लोयोला स्कुल आफ्ना विद्यार्थीहरुलाई किताबी ज्ञानको साथसाथै अन्य सिपमुलक तथा साहित्यिक ज्ञान दिन अग्रसर छ । विद्यार्थीहरुमा रङ्मञ्चको ज्ञान दिन र सामाजमा केही सन्देश दिन यो नाटक निर्माण गरेका हौं । विद्धालयमा नाटकको अलावा नृत्य, संगित, तेकवान्दो, पेन्टङ एण्ड आर्टस् लगायतका अतरिक्त कक्षाहरु पनि सञ्चालनमा छन् । फलस्वरूप हाम्रा विद्यार्थीहरु राष्ट्रिय स्तरमै राम्रो प्रगति गरिरहेको प्रिन्सिपल रमेश पनेरुले बताउनुभयो ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977.9849962216
    बिज्ञापन शाखाः +977.9849962216
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल