alliance khabar

शनिबार, आषाढ २९, २०८१

रामेछाप, असार २९ गते ।

रामेछापको मन्थली नगरपालिका–२ मा कठजोर नमुना (कृष्णलाल) पार्क निर्माण गरिएको छ । नेपालका प्रथम साहित्यिक सहिद कृष्णलाल अधिकारीको जन्मस्थल कठजोरमा उहाँको सम्झनामा मन्थली नगरपालिका र वडाको साझेदारीमा पार्क निर्माण गरिएको हो ।

विसं १९४४ माघ २४ गते हालको मन्थली नगरपालिका–२, कठजोरमा जन्मनुभएका कृष्णलाल अधिकारी राणाकालमा मकैको खेती नामक पुस्तक लेखेको भन्दै विसं १९७७ साउन ११ गते पव्रmाउ पर्नुभएको थियो । उहाँको १९८० सालमा कारागारमा नै निधन भएको थियो ।

प्रथम साहित्यिक सहिद कृष्णलाल अधिकारीको सम्झनामा चालु आर्थिक वर्ष २०८०/८१ को नगर वडा साझेदारी योजना अन्तर्गत ३० लाख रुपियाँ बजेटबाट पार्क निर्माण गरिएको मन्थली नगरपालिका–२ का वडाध्यक्ष सुरेन्द्र कार्कीले बताउनुभयो ।

उहाँले भन्नुभयो, “नगरपालिकाको नगर वडा साझेदारी, विकास निर्माणमा बराबरी नीति अनुसार पार्क निर्माण भएको हो । यो पार्क निर्माणमा वडा र नगरको १५÷१५ लाख गरी ३० लाख रुपियाँ खर्च भएको छ । सहिद कृष्णलालको जन्मस्थलमा उहाँको सम्झनामा पार्क निर्माण गरिएको छ । यो योजनालाई एउटा ऐतिहासिक योजनाका रूपमा हामीले लिएका छौँ ।” पार्कमा वरिपरि घेराबारसहितको कृष्णलाल अधिकारीको सालिक राखिएको र सडकबाट पार्कसम्म पुग्ने २० मिटर रेलिङसहितको सिँढी निर्माण गरिएको उहाँले बताउनुभयो ।

मन्थली नगरपालिका–२ को कठजोर नमुना (कृष्णलाल) पार्क जस्तै चालु आवमा नगरपालिकाका ११ वटा वडामा ‘नगर वडा साझेदारी, विकास निर्माणमा बराबरी’ नीति अनुसार ठुला योजना सम्पन्न भएका छन् । १४ वटा वडा रहेको मन्थली नगरपालिकामा वडा नं. १, ४ र १० बाहेकका वडामा वडा नगर साझेदारीबाट ३० लाख रुपियाँको बजेटमा योजना सम्पन्न भएको नगरपालिकाका पूर्वाधार विकास तथा अनुगमन शाखाका इन्जिनियर डिल्लीबहादुर अधिकारीले बताउनुभयो ।

उहाँले भन्नुभयो, “नगरपालिकाले ‘नगर वडा साझेदारी, विकास निर्माणमा बराबरी’ नीति लिएको छ । सोही नीति अनुसार चालु आवमा ११ वटा वडामा ३० लाखको लागतमा पूर्वाधार विकासका योजना बनेको र आगामी आवमा पनि नगरले ४० लाख रुपियाँको लागतमा पूर्वाधार विकासका योजना निर्माण गर्ने गरी नीति तथा कार्यव्रmम र बजेट ल्याएको छ ।”

उहाँका अनुसार चालु आवमा नगर वडा साझेदारी कार्यक्रम अन्तर्गत वडा नं. २ कृष्णलाल पार्क, वडा नं. ३ र ५ मा खानेपानी योजना, वडा नं. ६, ७, ९, ११, १२ र १४ मा सडक योजना सम्पन्न भएका छन् । त्यसै गरी वडा नं ८ मा पैदलमार्ग र वडा नं. १३ मा सामुदायिक भवन निर्माण गरिएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977.9849962216
    बिज्ञापन शाखाः +977.9849962216
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल