Alliancekhabar

शनिबार, आषाढ २२, २०८१

काठमाडौं  : सरकारले डेंगु बनाउने लामखुट्टे खोज तथा नष्ट अभियानका लागि करिब आठ करोड रकम विनियोज गरेको छ ।

स्वास्थ्य सेवा विभागको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडिसिडी) अन्तर्गतको किटजन्य रोग शाखाका प्रमुख डा.गोकर्ण दाहालले डेंगु लगायतका किटजन्य रोग नियन्त्रण गर्न सङ्घीय सरकारले स्थानीय तहका लागि सात करोड ९८ लाख रुपियाँ विनियोजन गरेको जानकारी दिनुभयो ।

उहाँका अनुसार सातै प्रदेशका स्थानीय तहलाई डेंगु लगायत किटजन्य रोगहरु नियन्त्रणका लामखुट्टेको वासस्थान खोजी गरी नष्ट गर्ने कार्यक्रमका लागि बजेट विनियोजन गरिएको हो । प्रदेश तथा जिल्लाले डेंगु सार्ने लामखुट्टेको बासस्थान खोजि गरि लार्भा नष्ट गर्न ७७ वटै जिल्लामा प्रति जिल्ला दुई लाखका दरले बजेट विनियोजन गरेको उहाँको भनाइ छ ।

डेंगु रोकथाम तथा नियन्त्रण कार्य योजना २०८१ बनाएर काम गरेको उहाँले जानकारी दिनुभयो ।

स्थानीय स्तरमा लामखुट्टेको बासस्थान खोज तथा नष्ट गर्ने अभियान सञ्चालन भइरहेको उहाँको भनाइ छ । यसैगरी, चिकित्सक तथा स्वास्थ्यकर्मीहरुलाई डेंगु रोगको राष्ट्रिय उपचार पद्धतिका बारेमा क्षमता अभिवृद्धी, महामारी तथा जोखिम क्षेत्रहरु समयमै पहिचान गर्न इडिसिडीले पूर्व चेतावनी तथा प्रतिवेदन प्रणालीमार्फत डेंगु रोगको निगरानी वर्ष भरिनै नियमित गरेको जानकारी दिनुभयो ।

प्रत्यक प्रदेशमा १–१ वटा ईन्टोमोलोजिकल ल्याब स्थापना गरी एकीकृत सर्भिलेन्सका कार्य गर्नुका साथै डेंगु रोगको स्क्रिनिङ्गका लागि आवश्कय परीक्षण किट मौज्दात रहेको उहाँको भनाइ छ ।

पानी पर्न सुरु भएकाले अब डेंगु सङ्क्रमण बढ्न सक्ने डा.दाहालको भनाइ छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले यो वर्ष अन्य वर्षको तुलनमा डेंगु सङ्क्रमण बढ्ने आँकलन गर्दै सचेत रहन आग्रह गरेको छ ।

१४ सयभन्दा बढीमा डेंगु पुष्टि

इडिसिडीका अनुसार यो वर्ष ७३ जिल्लाबाट १४ सय ३२ जनामा डेंगु पुष्टि भइसकेको छ ।  सङ्क्रमित सबैभन्दा बढी बागमती र कोशी प्रदेशमा रहेका छन् । गते वर्ष ५२ हजार ७९० जना डेंगु सङ्क्रमण भएको थियो भने २० जनाको डेंगुको कारण मृत्यु भएको थियो ।

गत वर्ष ५० प्रतिशतभन्दा बढी कोशी प्रदेशमा सङ्क्रमति भएका थिए । सरुवारोग विशेषज्ञ डा.बिमल चालिसेले डेंगु रोग डेंगी भाइरसबाट सङ्क्रमित एडिज जातका लामखुट्टेको टोकाइबाट सर्दछ । एडिस जातको लामखुट्टे पानी जम्मा भएको जुनसुकै भाँडोमा पनि हुर्कन सक्छन ।

उच्च ज्वरो आउने, जोर्नी र मांशपेशीअरु दुख्ने, आँखाको गेडी दुख्ने, टाउको दुख्ने, शरीरमा राता बिमिराहरु आउनु, वाकवाकी लाग्नु वा वान्ता हुने यसको प्रमखु लक्षण हुन् ।

डेंगु हुनबाट बच्ने एक मात्र उपाय भनेको लामखुट्टेको टोकाइबाट बच्ने हो । लामखुट्टेको टोकाइबाट बच्न पुरै शरीर ढाक्ने लुगा लगाउने, धूप बाल्ने, मलम लगाउन डा.दाहालको सुझाव छ ।

लामखुट्टे नियन्त्रण गर्न लामखुट्टेले फुल पार्न सक्ने सम्भावित घर, विद्यालय, कार्यलय वरपरका पानी जम्ने सबै ठाउँहरु सफा गर्ने, पानी राख्ने भाडाँहरु बेलाबेलामा सफा गर्ने र लामखुट्टेको फुल नष्ट गर्न डा.दाहालको आग्रह छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977 9841580906
    बिज्ञापन शाखाः +977 9841580906
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल