alliance khabar

मंगलबार, आषाढ १८, २०८१

काठमाडौँ, असार १८ गते ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालले भ्रमण भिसा र व्यक्तिगत श्रम स्वीकृतिमा वैदेशिक रोजगारीमा पठाउने प्रक्रिया रोक्न जरुरी रहेको बताउनुभएको छ ।

नेपाल वैदेशिक रोजगार व्यवसायी सङ्घको ३२ औँ स्थापना दिवस तथा ३० औँ वार्षिक साधारण सभाका अवसरमा सोमबार राजधानीमा भएको कार्यक्रममा बोल्दै मन्त्री अर्यालले भ्रमण भिसा र व्यक्तिगत भिसामा हुने ठगी रोक्नका लागि सहयोग गर्न सबैलाई आग्रह गर्नुभयो ।

मन्त्री अर्यालले यस्तो कार्यमा वैदेशिक रोजगार व्यवसायी (म्यानपावर)कै संलग्नता भएको विषयमा मन्त्रालयमा जानकारी रहेको बताउनुभयो । भ्रमण भिसा र व्यक्तिगत भिसाका नाममा नेपाली ठगिएको बताउँदै मन्त्री अर्यालले भन्नुभयो, “हामीलाई थाहा छ, व्यवसायी नै यस्ता खालका ठगीमा संलग्न छन् । त्यसैले एक पटक म सबैलाई यस्तो गतिविधि रोक्न आग्रह गर्छु । मेरो नेतृत्वले निर्मम भएर यसमा काम गर्न नपरोस् ।”

“ठगिने पनि नेपाली, ठग्ने पनि नेपाली कस्तो विडम्बना ! व्यवसायी साथीहरूले आफ्नै छातीमा हात राखेर जिम्मेवार भएर सोचिदिनूस् । कसैलाई पक्राउ गर्ने मेरो चाहना छैन । गल्ती गर्नेलाई कानुनले नै कारबाही गर्छ । म कसैको ढोका ढकढकाउन जानु पर्दैन,” उहाँले थप्नुभयो ।

त्यस्तै मन्त्री अर्यालले वैदेशिक रोजगारीका क्षेत्रमा वार्षिक दुई खर्ब एक अर्ब ६० करोड रुपियाँ गैरबैङ्किङ च्यानलबाट सङ्कलन भइरहेको तथ्याङ्क प्राप्त भएको बताउनुभयो । यसलाई औपचारिक माध्यममा ल्याउन मन्त्रालयले नीतिगत रूपमा मसिनो गरी अध्ययन गरिरहेको उहाँको भनाइ छ ।

सङ्घका अध्यक्ष राजेन्द्र भण्डारीले एक वर्षको कार्यकालमा वैदेशिक रोजगार क्षेत्रको सुधार र व्यावसायिक हितका लागि महत्वपूर्ण आधार खडा गर्ने दाबी गर्नुभयो । अध्यक्ष भण्डारीले वर्तमान कार्यसमितिले अघि बढाएका कामले सुधारका आधार तयार पारेको भन्दै एक वर्षभन्दा बढीको कार्यकाल परिणाममुखी भएको बताउनुभयो ।

वैदेशिक रोजगार ऐनमा रहेकोे वार्षिक एक सय श्रमिक पठाउनुपर्ने व्यवस्था खारेजीका लागि श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमार्फत संसद्मा पु¥याएको, सेवा शुल्क परिमार्जन गर्न सकारात्मक कार्य जस्ता धेरै काम गरिएकाले व्यवसायी उत्साहित हुने वातावरण बनेको भण्डारीले बताउनुभयो ।

महासचिव मेघनाथ भु्र्तेलले सङ्घलाई महासङ्घमा लैजानेसहित सङ्घको कार्यकाल दुई वर्षबाट तीन वर्ष बनाउने र भलाइ कोष सञ्चालन कार्यविधिको विशेष प्रस्ताव साधारण सभामा लगिने बताउनुुभयो ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977.9849962216
    बिज्ञापन शाखाः +977.9849962216
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल