०९ आषाढ २०८१
मितेरी डेभलपमेन्ट बैंक लिमिटेडले आफ्नो स्वामित्वमा रहेको नेपाल क्लियरिङ्ग हाउस लिमिटेडको संस्थापक समूहको ३०,००० कित्ता शेयर बिक्री गर्ने भएको छ। उक्त शेयर खरिद गर्न ईच्छुक विद्यमान संस्थापक शेयरधनीहरु वा अन्य बैंक तथा वित्तिय संस्था (नेपाल राष्ट्र बैकबाट ईजाजतपत्र प्राप्त क, ख र ग वर्ग) न्यूनतम मूल्य प्रति शेयर रु.७०० (सात सय) मा नघटाई मिति २०८१ असार १२ गतेसम्म प्रति कित्ता के कति दररेटमा लिन कबुल गर्ने हो तपसिलमा उल्लेखित शर्तहरुको अधिनमा रही गोप्य शिलबन्दी बोलपत्र आवेदन पेश गर्न कम्पनीले प्रकाशित सूचनामा आव्हान गरेको छ।
शर्तहरु:
१. बोलपत्र आवेदन फाराम रु. ५०० भुक्तानी गरी श्री प्रभु क्यापिटल लिमिटेड, कमलादी काठमाण्डौबाट प्राप्त गर्न सकिनेछ ।
२. शेयरको न्यूनतम मूल्य प्रति शेयर रु.७०० (सात सय) तोकिएको हुँदा सो वा सो भन्दा बढी मूल्य अंकित गरी बोलकबोल गर्नुपर्नेछ। एक भन्दा बढी मूल्यमा शेयर खरिदका लागि आवेदन दिन चाहेमा भिन्दाभिन्दै शिलबन्दी खामभित्र आवेदन दिनुपर्नेछ ।
३. बोलपत्र आवेदन फारममा आफुले लिन चाहेको शेयर संख्या तथा प्रति कित्ता दर अंक र अक्षरमा स्पष्ट लेख्नु पर्नेछ । केरमेट भएको ठाउँमा दस्तखत गर्नु पर्नेछ। धेरै केरमेट भई कबोल गरेको शेयर संख्या, प्रति कित्ता शेयर मूल्य वा जम्मा रकम नबुझिने भएमा त्यस्तो बोलपत्रलाई मान्यता दिइने छैन । अंक र अक्षरमा फरक भएमा अक्षरले लेखिएको व्यहोरालाई मान्यता दिईनेछ ।
४. बोलपत्रदाताले बोलपत्रमा आफ्नो नाम, ठेगाना, आफ्नो खाता रहेको बैंकको नाम र खाता नम्बर, टेलिफोन नम्बर लगायत बोलपत्र आवेदन फारममा उल्लेखित सम्पूर्ण विवरण स्पष्ट रुपमा लेख्नु पर्नेछ ।
५. बोलपत्र पेश गर्दा न्युनतम ३०,००० कित्ताको लागि आबेदन दिनु पर्नेछ ।
६. शेयर खरिद गर्न चाहनेहरुको हकमा कम्पनीको दर्ता प्रमाणपत्र, अद्यावधिक प्रबन्धपत्र, नियमावली, पछिल्लो २ बर्षको वित्तीय विवरण, पछिल्लो आर्थिक वर्षको करचुक्ता प्रमाणपत्र तथा शेयर खरिद गर्ने सम्बन्धमा संस्थाको संचालक समितिको निर्णयको प्रतिलिपि, कर्जा सूचना केन्द्रको कालो सूचिमा नरहेको प्रमाणपत्र पेश गर्नुपर्नेछ ।
७. शेयर आवेदन फारम नेपाली तथा अंग्रेजी भाषामा पूर्ण रुपले भरि बोलपत्रदाताले बोलपत्र आवेदनसाथ आफुले खरिद गर्न चाहेको शेयरको जम्मा मूल्यको सम्पूर्ण रकम प्रभु क्यापिटल लिमिटेडको नाममा प्रभु बैंक लिमिटेड, कमलादी, काठमाडौंमा रहेको खाता नं. १११००६३१८१६००१३३ (प्रभु क्यापिटल लिमिटेड) मा जम्मा गरेको सक्कल नगद भौचर संलग्न गर्नुपर्नेछ ।
८. शिलबन्दी खाम बाहिर आवेदनकर्ताले “नेपाल क्लियरिङ्ग हाउस लिमिटेड” को संस्थापक शेयर खरिद आवेदन” उल्लेख गरेको हुनु पर्नेछ ।
९. बोलपत्र आवेदन मिति २०८१÷०३÷१२ गते कार्यालय समयभित्र प्रभु क्यापिटल लिमिटेडको कार्यालय, कमलादी, काठमाडौंमा दर्ता हुनुपर्नेछ । कुनै शर्त राखी पेश गरेको वा रित नपुगेको वा म्याद नाघि आएको बोलपत्रलाई मान्यता दिइने छैन ।
१०. बोलपत्र दाखिला गरिसकेपछि बोलपत्रमा कबोल गरेको शेयर संख्या वा रकममा कुनै हरेफेर गर्न वा बोलपत्र फिर्ता लिन सकिने छैन ।
११. प्राप्त शिलबन्दी बोलपत्रहरु मिति २०८१÷०३÷१३ गते बिहान ११ः०० बजे श्री प्रभु क्यापिटल लिमिटेड, कमलादी, काठमाण्डौमा बोलपत्रदाता वा निजद्वारा लिखित रुपमा नियुक्त प्रतिनिधिको उपस्थितिमा खोलिने छ । बोलपत्रदाता वा निजको प्रतिनिधिको उपस्थिति नभएमा पनि बोलपत्र खोल्न बाधा पर्नेछैन । उक्त दिन सार्वजनिक बिदा परेमा सोको भोलिपल्ट कार्यालय खुलेको दिनको बिहान ११ः०० बजे खोलिनेछ ।
१२. प्राप्त बोलपत्रहरुको छानबिन गरी रितपूर्वक प्राप्त बोलपत्रहरु मध्ये समान मूल्यमा शेयरको लागि आवेदन दिएमा विद्यमान संस्थापक शेयरधनीहरुलाई प्राथामिकता प्रदान गरेपश्चात मात्र अन्यलाई सबै भन्दा बढी बोलकबोल गर्ने आवेदकहरुलाई शेयर बाँडफाँड गरिने छ । बोलकबोलमा शेयर बिक्री गर्दै जाँदा एउटै मूल्यमा दुई वा दुईभन्दा बढी बोलपत्र आवेदनहरु पर्न गई बाँडफाँड गर्नु पर्ने भएमा माग गरेको शेयरको आधारमा समानुपातिक रुपमा शेयर बाँडफाँड गरिनेछ ।
१३. सबैभन्दा बढी दर रेटमा खरिद माग गर्ने आवेदकलाई शेयर बिक्री गरिनेछ । यसरी शेयर बिक्री गर्दा नेपाल क्लियरिङ हाउस लिमिटेडको नियमावलीमा भएको ब्यबस्था बमोजिम पहिलो प्राथमिकता साविकका संस्थापक शेयरधनीहरुलाई दिईनेछ । तर साविकका संस्थापकहरुबाट आवेदन नपरेको अवस्थामा प्रचलित कानूनी व्यवस्था बमोजिम आवश्यक मापदण्ड पुरा गरका अन्य बैंक तथा वित्तीय संस्थाहरुलाई बिक्री गरिनेछ । बाँडफाँडमा परका आवेदकलाई नेपाल क्लियरिङ हाउस लिमिटेडको नियमावलीमा भएको व्यवस्था बमोजिम संस्थापक समुहको सोही उपसमूहको शेयरधनी कायम गरिनेछ ।
१४. आवश्यकता अनुसार सम्पूर्ण नियमनकारी निकायहरुबाट शेयर खरिद बिक्रीको स्वीकृति लिएपश्चात साथै बिक्रीकर्ता शेयरधनी र खरिदकर्ताहरुबाट कागजात लिई शेयर नामसारी गरिनेछ र शेयर नामसारी गर्दा बिक्रीकर्ता तथा खरीदकर्ताको तर्फबाट कुनै शुल्क भुक्तानी गर्नु परेमा सो शुल्क सम्बन्धित पक्षले नै भुक्तानी गर्नु पर्नेछ ।
१५. शेयर बिक्री गर्ने वा नगर्ने वा आवेदनमा माग गरेको भन्दा कम शेयर बाँडफाँड गर्ने तथा बोलपत्र आवेदन तथा शेयर बाँडफाँड सम्बन्धी कुनै विवाद उत्पन्न भएमा सोको अन्तिम निर्णय गर्ने अधिकार बिक्री गर्ने तथा संस्थापक शेयरधनीमा निहित रहने छ ।