alliance khabar

सोमबार, आषाढ ०३, २०८१

सेन्ट भिन्सेन्ट, असार ३ गते ।

नेपालका बलरले कसिलो बलिङ गरेपछि टी-२० विश्वकपअन्तर्गत समूहको अन्तिम खेलमा नेपाललाई जितको लागि बङ्गलादेशले एक सय सात रनको लक्ष्य दिएको छ ।

किङ्सटाउनमा सोमबार बिहान टस हारेर पहिले ब्याटिङ गर्ने निम्तो पाएको बङ्गलादेशले १९.३ ओभरमा सबै विकेटको क्षतिमा एक सय ६ रन बनायो ।

बङ्गलादेशका लागि सकिव अल हसनले १७ रन बनाउनुभयो । महमुदुल्लाह र रिसद हुसेनले १३/१३ तथा तास्किन अहमेद र जाकेर अलीले १२/१२ तथा लिटन दासले १० रन बनाउनुभयो ।

ओपनर तानजित हसन सोमपालको पहिलो बलमै आउट हुनुभयो । अन्य ब्याट्सम्यानले पनि दोहोरो अङ्कमा रन बनाउन सकेनन् ।

सन्दीपको सय विकेट पूरा

बङ्गलादेशलाई कम स्कोरमा रोक्न नेपालका सोमपाल कामी, कप्तान रोहितकुमार पौडेल, दीपेन्द्रसिंह ऐरी र सन्दीप लामिछानेले दुई दुई विकेट लिनुभयो ।

बङ्गलादेशविरुद्ध दुई विकेट लिएसँगै सन्दीप लामिछानेको टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा एक सय विकेट पूरा गर्नुभएको छ । उहाँले चार ओभरमा १७ रन खर्चिएर विकेट लिनुभएको हो ।

सात महिना पछि पुन: मैदानमा फर्किनु भएका सन्दीपले यसअघि दक्षिण अफ्रिकासँग विश्वकपको पहिलो खेल खेल्नुभएको थियो । अमेरिकाले भिसा दिन अस्वीकार गरेपछि उहाँले अमेरिकामा भएको विश्वकपको खेल भने गुमाउनुभएको थियो ।

प्रतिष्ठाको लडाइँ

विश्वकपको समूह चरणबाट बाहिरिएको नेपाललाई बङ्गलादेशविरुद्ध आजको खेल प्रतिष्ठाको लडाइँ हुनेछ । समूह ‘डी’ अन्तर्गत शनिबार भएको प्रतिस्पर्धात्मक खेलमा नेपाल दक्षिण अफ्रिकासँग एक रनले पराजित भएसँगै विश्वकपबाट बाहिरिएको थियो ।

नेपाल यसअघि अमेरिकाको डालासमा भएको पहिलो खेलमा नेदरल्यान्ड्ससँग ६ विकेटले पराजित भएको थियो । यस्तै फ्लोरिडामा तय भएको नेपाल र श्रीङ्काबिचको दोसो खेल भारी वर्षाका कारण रद्द भएको थियो ।

नेपालले आज बङ्गलादेशलाई हराएरमा टेस्ट टोलीविरुद्ध पहिलो जित निकाल्दै नयाँ इतिहास बनाउनेछ । बङ्गलादेशका लागि भने सुपर आठमा पुग्न नेपालविरुद्धको खेल जित्नै पर्ने बाध्यता छ । सुपर आठमा पुग्ने सात टोलीको टुङ्गो लाग्दा समूह ‘डी’ बाट बङ्गलादेश र नेदरल्यान्ड्स दौडमा रहेका छन् ।

यस समूहमा अपराजित रहेको दक्षिण अफ्रिकाले यसअघिनै सुपर आठको यात्रा तय गरिसकेको थियो । आजै अर्को खेलमा नेदरल्यान्ड्स र श्रीलङ्का भिड्दैछन् । नेदरल्यान्ड्सलाई अगाडि बढ्न श्रीलङ्कालाई ठूलो अन्तरले हराउने पर्नेछ भने नेपालले समेत बङ्गलादेशलाई हराईदिनु पर्नेछ ।

नेपाल र बङ्गलादेशबिच यसअघि सन् २०१४ को टी-२० विश्वकपमा भेट भएको थियो । त्यतिबेला नेपाल आयोजक बङ्गलादेशसँग आठ विकेटले पराजित भएको थियो ।

अहिले समूह ‘डी’ मा अपराजित दक्षिण अफ्रिका चार खेलबाट आठ अङ्क जोड्दै शीर्षस्थानमा छ । दक्षिण अफ्रिका नेपालविरुद्धको खेलअघि नै सुपर आठमा पुगिसकेको थियो ।

दोस्रो स्थानमा रहेको बङ्गलादेशको तीन खेलबाट चार अङ्क छ । तीन खेलबाट दुई अङ्क बनाएको नेदरल्यान्ड्स तेस्रो स्थानमा छ । नेपालको तीन खेलमा एक अङ्क छ । एक अङ्क बनाएको श्रीलङ्का अन्तिममा छ । सन् २०१४ को विश्वकप विजेता श्रीलङ्का पनि यस विश्वकपबाट बाहिरिसकेको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977.9849962216
    बिज्ञापन शाखाः +977.9849962216
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल