alliance khabar

बिहिबार, जेठ ३१, २०८१

२०८१ जेठ ३०

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले बाग्मती प्रदेशको ललितपुरमा आयोजना गरेको दुई दिने श्रमाधान रोजगार मेलामा १३ हजार ९७८ जनाले रोजगारीको लागि आवेदन दिएका छन् । मेलामा रोजगारताबाट एक हजार ५०५ श्रमिकको माग गरिएको थियो । मंगलबार र बुधबार चलेको मेलामा करिब ५ हजारले अवलोकन गरेका छन् ।

मेलाको समापन कार्यक्रममा बोल्दै पाटन बहुमुखी क्याम्पसका प्रमुख डा.लक्ष्मण सिंह कुँवरले नेपाली युवामा अझै पनि श्रमको महत्व नबुझेको बताएका छन् । विदेशमा गएर जुनसुकै श्रम गर्न रुचाउने नेपाली श्रमिकले नेपालमा भने त्यही रोजगारीमा गर्न नचाहेको कारण पनि वेरोजगारी बढेको उनले बताए । तर, मन्त्रालयले गरेको यस्तो मेलाले रोजगारीको महत्वलाई बुझाउने बताए । साथै मेलाले रोजगारदाता र श्रमिकको गुनासोलाई सम्बोधन गर्न सक्ने बताए । “यता रोजगारदाता श्रमिक पाईएन भन्छन् उता श्रमिक रोजगारी पाईएन भन्छन् । यस्ता मेला दुवै पक्षलाई एकै स्थानमा भेला गराउदा समस्या सम्बोधन हुनेछ,” उनले भने ।

नेपाल घरेलु तथा साना उद्योग महासंघका केन्द्रिय बरिष्ठ उपाध्यक्ष सूर्य बहादुर कँडेलले
रोजगार मेलाले नेपालमा नै रोजगारीको अवसर हुने सकरात्मक सन्देश दिएको बताए । त्यसैले यस्तो मेला जिल्ला र पालिका तहसम्म लैजानु पर्ने बताए ।

त्यस्तै, कार्यक्रमको समापन गर्दे मन्त्रालयका उप सचिव एवम् बाग्मती प्रदेशको रोजगार मेलाका संयोजक डम्बर बहादुर सुनुवारले मेला सञ्चालनमा गर्नमा सहयोग गर्ने सबैमा आभार व्यक्त गरे ।

गत जेठ १७ गते देखि कोशि प्रदेशको विराटनगरबाट सुरु भएको श्रमाधान रोजगार मेला बाग्मती प्रदेशको ललितपुरमा सम्पन्न भएको छ । मेला प्रत्येक प्रदेशमा दुई÷दुई दिन सञ्चालन भएको थियो ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977 9841580906
    बिज्ञापन शाखाः +977 9841580906
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल