alliance khabar

शुक्रबार, जेठ २५, २०८१

२०८१ जेठ २५

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री डोल प्रसाद अर्यालले मन्त्रालयले आयोजना गरेको श्रमाधान रोजगार मेलाले आन्तरिक रोजगारी प्रवद्र्धनको आधार तयार पार्ने बताए छन् । शुक्रबार कर्णाली प्रदेश सुर्खेतमा आयोजित रोजगार मेलाको उद्घाटन समारोहलाई सम्बोधन गर्दे मन्त्री अर्यालले मेलाले रोजगारदाता र श्रमिक बीच मध्यस्गथकर्ताको भूमिका खेल्ने बताएका हुन् ।

उद्घाटनलाई सम्बोधन गर्दे मन्त्री अर्यालले कर्णाली प्रदेश आफैमा समृद्धि भएको बताए । अथाहा सम्भावना रहेको कर्णाली प्रदेशको विकासका लागि संघिय सरकारले ढोका मात्रै ढकढकाउने काम गर्ने बताए । “कर्णाली विकासको ढोका खोल्ने काम आफैले गर्नेछ,” उनले भने ।

कर्णाली प्रदेशका माननीय मुख्य मन्त्री यमलाल कँडेलले श्रमिक र रोजगारदाता बीच सेतुको रुपमा आयोजित श्रमाधान रोजगार मेलाको आयोजन गरेको प्रति मन्त्रालयलाई धन्यवाद दिए । मेलाले सरोकारवालाई एकै ठाउमा ल्याएर रोजगारीको अवसर प्रदान गर्ने उद्धेश्यले आयोजना गरिएको यो श्रमाधान मेलाको पूर्ण सफलताको पनि कामना गरे ।

मुलुक भित्रै प्रचुर सम्भावना हुँदा हुँदै पनि नेपालले वेरोजगारीको सामना गर्नु परेको उनले बताए । नेपालको युवा शक्तिलाई मुलुक भित्र टिकाई राख्न नेपालको शिक्षा प्रणाली र लगानीमा नीति सुधार ल्याउनुपर्ने बताए । यद्यपी कर्णाली सरकारले आगामी आर्थिक बर्षको नीति तथा कार्यक्रममा रोजगारी र उद्यमशीलताका लागि धेरै योजना अघि सारेको पनि बताए ।

त्यस्तै, कर्णाली प्रदेशका मन्त्री दुर्गा बहादुर राउतले नेपाली नागरिकसँग परम्परागत सीप भएपनि त्यसले मान्यता नपाउँदा नेपाली श्रमिकको सीपको मूल्यांकन नभएको बताए । “नेपाली युवासँग डोको, राडी, पाखी बुन्ने सीप छ । यो सीप इन्जियनियरको भन्दा कम छैन । तर, यो सीपले प्रमाणपत्र पाउन सकेको छैन । जसका कारण सीप भएका नेपाली युवाको पहिचान र मूल्यांकन हुन सकेको छैन,” उनले भने ।

त्यस्तै, वीरेन्द्रनगर नगरपालिका मेयर मोहनमाया ढकालले वीरेन्द्रनगरको पार्क, बगैचा र चोकमा थुप्रिएका युवाको भिड, उनीहरुको सामाजिक सन्जालमा सजिएका फोटा र टिकटले हाम्रा लागि नीति बनाउन भनेर सरकारलाई घचघचाई रहेको बताईन् । “यो भिडले हामी मुलुकमा नै रहन चाहन्छौ, हाम्रो लागि नीति बनाउ भन्छ,” उनले भनिन् । तर, कर्णाली आफैमा सम्पन्न छ । त्यसैले आगामी दिनमा कर्णाली दुर्गम र गरिब छ भन्ने भाष्य परिवर्तन गर्नुपर्ने उनले बताए ।

स्थानिय सरकारसँग मिलेर केन्द्रिय सरकारले आयोजना गरेको श्रमाधान रोजगार मेलाले आगामी दिनमा रोजगारी सृजनाको अवसर र आर्थिक समुन्नती ढोका खोल्नमा सहयोग पुग्ने विश्वास लिएको उनले बताई ।

मेलामा सरकारी तथा नीजि क्षेत्रको गरी ४० वटा स्टल राखिएका छन् । त्यस्तै, विभिन्न बिषयक कार्यशाला, सास्कृतिक कार्यक्रम पनि आयोजना गरिने बताएको छ । मेला सुर्खेत वीरेन्द्रनगरको सिटीहलमा भोलिसम्म सञ्चालन हुनेछ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977 9841580906
    बिज्ञापन शाखाः +977 9841580906
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल