Alliancekhabar

बिहिबार, जेठ २४, २०८१

गाईघाट, जेठ २४ गते : उदयपुरको त्रियुगा नगरपालिका–२ स्थित जोगीदहमा निर्माण गरिने भनिएको प्रस्तावित सगरमाथा विमानस्थलका लागि सरकारले बजेट विनियोजन नगरेकामा स्थानीय निराश भएका छन् ।

अघिल्ला वर्षहरूदेखि नै त्रियुगा नगरपालिका–१ र २ जोगीदहमा निर्माण सुरु गरिएको उक्त विमानस्थलको रुख कटान गरी १५६ हेक्टर सामुदायिक वनको जग्गा खाली गराएर विमानस्थल निर्माणका लागि प्रव्रिmया अगाडि बढाइएको थियो । यही जेठ १५ गते अर्थमन्त्री वर्षमान पुनले संसद्को संयुक्त बैठकमा प्रस्तुत गर्नुभएको आर्थिक वर्ष २०८१/८२ को बजेटमा सगरमाथा विमानस्थललाई बजेट विनियोजन नभएको पाइएपछि स्थानीय निराश बनेका हुन् ।

सरकारले प्राप्त बजेट नछुट्याउँदा रुख कटानबाहेकका काम अघि बढ्न सकेको छैन । तीन अर्बभन्दा बढी निर्माण लागत लाग्ने विमानस्थलमा चालु आवमा पाँच करोड विनियोजन भएकामा उक्त रकम खर्च भएको जनाइएको छ । आगामी आव २०८१/८२ का लागि भने सरकारले बजेट नछुट्याएकाले आपूmहरू मर्माहत भएको निर्माण समितिले जनाएको छ ।

सगरमाथा विमानस्थल निर्माण समितिका संयोजक वीरेन्द्र बस्नेतका अनुसार आव २०८१/८२ को बजेट वक्तव्यमा विमानस्थलका लागि बजेट विनियोजन नभए पनि उदयपुर निर्वाचन क्षेत्र नं. १ का सङ्घीय सांसद डा. नारायण खड्काले संसदीय विकास तथा पूर्वाधारका लागि प्राप्त बजेटबाट एक करोड रुपियाँ उपलब्ध गराउने प्रतिबद्धता जनाएको र गत वर्षको बाँकी रकमबाट घेराबार लाउने, माटो सम्याउने, खाल्टाखुल्टी भर्ने र काटिएका रुखका जरा निकाल्ने काम गरिने बताउनुभयो ।

त्रियुगा नगरपालिका–१ र २ मा पर्ने कङ्ग र मोतीयाही सामुदायिक वनको १३ हजार ६३७ वटा रुख कटान गरेर घाटगद्दी भएको छ । सामुदायिक वनले उक्त काठ बिव्रmी गर्न सकिरहेको छैन भने अहिले विमानस्थल निर्माणसम्बन्धी कुनै पनि काम अगाडि बढ्न सकेको छैन ।

पूर्वअर्थमन्त्री डा. प्रकाशशरण महतले तत्कालका लागि दुई करोड उपलब्ध गराउने भने पनि सरकार फेरिएपछि अर्थ मन्त्रालयको रणनीति पनि बदलिएको अध्यक्ष बस्नेतले बताउनुभयो ।

दुई किलोमिटर लम्बाइ र ६० मिटर चौडाइको धावनमार्ग बनाउने गरी निर्माण थालिएको भए पनि निर्वाचनका समयमा मात्र विमानस्थल निर्माणको चर्चा हुने गरेको र अन्य समयमा यसको चर्चा नआउने गरेको स्थानीय वृषबहादुर श्रेष्ठ बताउनुहुन्छ ।

२०३० सालदेखि उदयपुरमा विमानस्थल बनाउने भनेर योजना अघि बढाइएको भए पनि गाईघाटको हवाई फिल्ड साँघुरो हुनुका साथै बस्ती उठाउन नसकिने भएकाले पछि जग्गा खोजी गर्दै जाँदा त्रियुगा नपा–१ र २ को सामुदायिक वन क्षेत्रको बाँझो जग्गामा उक्त विमानस्थल निर्माण गर्ने सर्वदलीय निर्णय अनुसार काम अगाडि बढेको हो ।

छ वर्षअघि त्रियुगा नगरपालिकाका तत्कालीन नगरप्रमुख बलदेव चौधरीका पालामा स्थानीय सरकारको योजनाका रूपमा तत्कालीन प्रदेश १ का पर्यटन, वन तथा वातावरणमन्त्री जगदीश कुसियतमार्फत प्रदेश सरकारबाट स्वीकृति प्राप्त गरी सङ्घीय सरकारमा योजना पेस भएको थियो । हालसम्ममा विमानस्थल निर्माणको काम बजेट व्यवस्थापन हुन नसक्दा अलमलमा परेको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977 9841580906
    बिज्ञापन शाखाः +977 9841580906
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल