Alliancekhabar

शनिबार, जेठ १९, २०८१

काठमाडौँ, जेठ १९ गते : संयुक्त ट्रेड युनियन समन्वय केन्द्रका अध्यक्ष योगेन्द्र कुँवरले सामाजिक सुरक्षा ऐनको कार्यान्वयन हुन नसक्दा श्रम बजार अस्थिर र भद्रगोल भएको बताउनुभएको छ ।

ललितपुरमा संयुक्त ट्रेड युनियन समन्वय केन्द्रको आयोजनामा भएको सुदृढ श्रम बजार, मर्यादित काम एवम् सामाजिक न्याय विषयक अन्तरक्रिया कार्यक्रममा बोल्नुहुँदै अध्यक्ष कुँवरले यस्तो गुनासो गर्नुभएको हो ।

उहाँले श्रम तथा योगदानमा आधारित सामाजिक सुरक्षा ऐन र योजनापूर्ण कार्यान्वयन नहुनुले श्रम बजार अस्थिर बनेको बताउनुभयो । उहाँले नीति र कानुनहरु भए पनि कार्यान्वयन हुन नसक्नु दुःखको विषय भएको बताउनुभयो ।

अध्यक्ष कुँवरले श्रम निरीक्षण कमजोर हुनुले पनि श्रम ऐन कार्यान्वयनमा समस्या थपिएको बताउनुभयो । उहाँले श्रमजीविहरु ज्याला नपाउँदै गर्दा, कार्यस्थल असुरक्षित हुँदा र सामाजिक सुरक्षा नपाउँदा पनि बाध्य भएर सोही स्थानमा काम गर्नुपर्ने अवस्था रहेको बताउनुभयो ।

श्रम बजारलाई मर्यादित बनाउन थप सुदृढ गर्ने सन्दर्भमा चुनौति रहेको जिकिर गर्नुभयो । उहाँले धेरै ठाउँमा ट्रेड युनियनको उपस्थिति पनि कमजोर भएको पनि बताउनु भयो । ट्रेड युनियन रहेको ठाउँमा श्रम ऐन लागू हुने गरेको तर नभएको ठाउँमा समस्या यथावत रहेको बताउनुभयो ।

‘‘अनौपचारिक अर्थतन्त्रमा जुन किसिमको वृद्धि भइरहेको छ र जुन किसिमको फर्मलाइजेशन हुनुपर्ने ठाउँमा झन इन्फरमलाइजेशन बढि गइरहेको छ । यसले श्रम बजार अझ अस्थिर र भद्रगोल भएर गएको छ । श्रम तथा योगदानमा आधारित सामाजिक सुरक्षा ऐन र योजनापूर्ण कार्यान्वयन नहुनु । हामीसँग नीति छ, कानुनहरु छ । तर त्यो कार्यान्वयन हुन सकेको छैन । हामीसँग श्रम निरीक्षण कमजोर छ । श्रम प्रशासन कमजोर छ । गुड गभर्नेन्स छैन ।,’’ अध्यक्ष कुँवरले भन्नुभयो, ‘‘हामीसँग रोजगारीको अवसर कम भयो र बेरोजगारी असाध्यै बढी भयो । हाम्रा श्रमजीविहरु ज्याला नपाउँदै गर्दा पनि वा कार्यस्थल असुरक्षित हुँदै गर्दा पनि र सामाजिक सुरक्षा नपाउँदा पनि उहाँहरु काम गरिराख्नुभएको छ । त्यो बाध्यता छ । त्यो बाध्यताले गर्दा श्रम बजारलाई मर्यादित बनाउन, थप सुदृढ गर्ने सन्दर्भमा चुनौति बनेको छ । ट्रेड युनियनको उपस्थिति पनि कमजोर छ । ट्रेड युनियन रहेको ठाउँमा श्रम ऐन लागू भइरहेको छ । नभएको ठाउँमा श्रम ऐन लागू नभएको अवस्था छ । यसमा सुधार गर्नुपर्छ ।’’

अध्यक्ष कुँवरले केन्द्र, प्रदेश र स्थानीय सरकारमा प्रभावकारी समन्वय हुन नसक्दा पनि कतिपय समस्या सिर्जना भइरहेको बताउनुभयो । उहाँले व्यवसायीहरुलाई उत्पादनमुलक र निर्यातमुलक व्यवसायलाई सरकारले प्रोत्साहन गर्न जरुरी रहेको जानकारी दिनुभयो । उहाँले टे«ड युनियन अधिकार सङ्कुचित गर्ने काम भइरहेको भन्दै आपत्ति जनाउनुभयो ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977 9841580906
    बिज्ञापन शाखाः +977 9841580906
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल