alliance khabar

बिहिबार, जेठ १७, २०८१

अत्तरिया जेठ १७ गते।

कैलाली जिल्लाको धनगढी उपमहानगरमा तापक्रम ४४.१ डिग्री सेल्सियस नाघेको छ।

जल तथा मौसमविज्ञान विभाग अन्तर्गतको महाकाली बेसिन फिल्ड कार्यालय अत्तरियाका अनुसार बुधबार मापन गरिएको रेकर्ड ब्रेक गर्दै बिहीबार ४४.१ डिग्री सेल्सियस मापन गरिएको छ।

कार्यालयका मौसमविज्ञान सहायक सिंगल चौधरीले दिउँसो मापन गरिएको रेकर्डअनुसार बुधबार ४३.३६ डिग्री सेल्सियसको रेकर्ड थियो। बिहीबार ४४ डिग्री नाघेको बताउनुभयो । मंगलबार ४२ डिग्री सेल्सियस मापन भएको तापक्रम, बुधबार ४३.३६ डिग्री र बिहीबार (आज) ४४ दशमलव १ डिग्री मापन भएको छ।

मौसमविज्ञान विभागको फिल्ड कार्यालय अत्तरियाका मौसम विज्ञान सहायक सिंगल चौधरीले १९९५ पछि, बिहीबार बढी तापक्रम मापन भएको जानकारी दिनुभयो।

उहाँले सन १९९५ जूनमा धनगढीको तापक्रम ४६ दशमलव ४ मापन भएको थियो। बुधबार २९ वर्षपछि उच्च तापक्रम मापन भएको हो।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977 9841580906
    बिज्ञापन शाखाः +977 9841580906
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल