alliance khabar

बिहिबार, जेठ १७, २०८१

काठमाडौँ, जेठ १७ गते ।

काठमाडौँको तापक्रम बिहीबार ३४.४ डिग्री सेल्सियस पुगेको छ । विगत केही दिन यता उपत्यकाको तापक्रम बढ्दै गइरहेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार अझै केही दिन पानी पार्ने प्रणाली विकास नहुने भएकाले तापक्रम अझै बढ्ने छ ।

विभागका मौसमविद् गोविन्द झाका अनुसार अहिले स्थानीय वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहे पनि बागमती प्रदेशदेखि पश्चिमको भूभागका पानी पर्ने सम्भावना छैन ।

उहाँले भन्नुभयो, “अहिले स्थानीय र पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। तर बागमती प्रदेशदेखि पश्चिमी भूभागमा पानी पर्ने सम्भावना छैन । त्यसकारण काठमाडौँ उपत्यकासहित पश्चिमी भूभागमा तापक्रम अझै बढ्ने देखिन्छ ।”

मौसमविद्ले यस वर्ष गतवर्षको भन्दा तापक्रम बढ्ने र वर्षा पनि बढी हुने प्रक्षेपण गर्नुभएको थियो । काठमाडौँ उपत्यकामा अहिलेसम्मको सबैभन्दा बढी तापक्रम ३६.५ डिग्री सेल्सियस तापक्रम पुगेको थियो । जुन सन् १९८९ मे ७ मा मापन भएको थियो ।

मौसमविद् झाका अनुसार अहिले कोशी प्रदेशको उदयपुर, सङ्खुवासभा बागमती प्रदेशको सिन्धुली, मकवानपुर र गण्डकी प्रदेशको स्याङ्जा र कास्कीको केही भूभागमा हल्का वर्षा भइरहेको छ ।

देशमा सबैभन्दा बढी तापक्रम धनगढीमा पुगेको छ । धनगढीको तापक्रम ४४.१ डिग्री सेल्सियस पुगेको छ । यस्तै नेपालगन्जको तापक्रम ४३.५ डिग्री सेल्सियस पुगेको छ । वीरेन्द्रनगरको तापक्रम ४१ डिग्री पुगेको मौसमविद् झाले बताउनुभयो ।

यी भूभागमा तत्काल पानी पर्ने सम्भावना नभएकाले तापक्रम अझै बढ्ने सम्भावना रहेको उहाँको भनाइ छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977 9841580906
    बिज्ञापन शाखाः +977 9841580906
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल