Alliancekhabar

सोमबार, जेठ १४, २०८१

हेटौँडा, जेठ १४ गते : बागमती प्रदेशका स्थानीय तहहरूलाई सवारीसाधन कर बाँडफाँटबाट पाँच अर्ब रुपियाँ हस्तान्तरण हुने भएको छ ।

अन्तरसरकारी वित्त व्यवस्थापन ऐन, २०७४ मा भएको व्यवस्था र राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगबाट प्राप्त सिफारिसका आधारमा आगामी आर्थिक वर्ष २०८१/८२ का लागि प्रदेशभित्रका ११९ स्थानीय तहलाई सवारीसाधन कर बाँडफाँटको अनुमानित स्रोतको विवरण अनुसार पाँच अर्ब रुपियाँ हस्तान्तरण हुने बागमती प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्रालयले जनाएको छ ।

बागमती प्रदेश सरकारबाट सङ्कलन हुने सवारीसाधनको ४० प्रतिशत हिस्सा ११९ स्थानीय तहलाई सवारीसाधन कर बाँडफाँटको अनुमानित स्रोतको विवरण मन्त्रीस्तरीय निर्णय अनुसारको विवरण पालिकालाई पठाइएको छ ।

स्थानीय तहलाई सवारीसाधन कर बाँडफाँटको अनुमानित स्रोतको विवरण अनुसार सबैभन्दा कम नुवाकोटको सूर्यगढी गाउँपालिकालाई एक करोड पाँच लाख दुई हजार रुपियाँ हस्तान्तरण हुने छ । सबैभन्दा बढी काठमाडौँ महानगरपालिकालाई ३९ करोड ८४ लाख ३७ हजार पाँच सय र भरतपुर महानगरपालिकालाई २५ करोड ७५ लाख ६७ हजार सात सय रुपियाँ वार्षिक सवारीसाधन कर बाँडफाँटबाट हस्तान्तरण हुने मन्त्रालयको अभिलेखमा छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977 9841580906
    बिज्ञापन शाखाः +977 9841580906
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल